घोराही,१३ जेठ । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसका मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
घोराही उपमहानगरपालिका–१७ पनौरास्थित फुटसल ग्राउण्डमा भएको नेपाल प्रेस युनियन दाङ र प्रेस चौतारी दाङ शाखाबीच मैत्रीपूर्ण फुटसल खेल भएको थियो। उक्त मैत्रीपूर्ण खेल युनियनले ४ का विरुद्ध १० गोल गर्दै जित निकाएको थियो । विजेता टिमलाई ट्रफी प्रदान गरिएको थियो ।
नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षता र नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यमा एंव नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदीप गौतम र नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सबिन प्रियासनको विशिष्ट आतिथ्यतांमा भएको थियो।

नेपाल प्रेस युनियन दाङकी उपाध्यक्ष पार्वती बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा युनियन दाङका सल्लाहकार तथा नेपाल पत्रकार महसंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी,नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश उपाध्यक्ष पहलमान घती, प्रेस युनियन दाङका पूर्व सचिव आरके शितल, प्रेस चौतारी दाङ शाखा सचिव निमुसंगम घर्तीलगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए।
नेपाल प्रेस युनियन दाङका सचिव भण्डारीका अनुसार केन्द्रीय निर्देशनअनुसार स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंगलबार साझ घोराही, तुलसीपुर र लमहीमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ। उनका अनुसार बुधबार लमहीमा फलफूल वितरण र विहिवार तुलसीपुरमा पत्रकारहरूका लागि स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गतका कार्यक्रममा सहभागिताका लागि प्रेस युनियन दाङ शाखाले सबैमा अनुरोध गरेको छ ।