एकराज शर्मा अधिकारी
पुराना समाजलाई नयाँ समाजमा बदल्नु क्रान्ति हो । पुराना विचारलाई हटाएर नयाँ विचारका साथ अघि बढ्नु क्रान्ति हो । उत्प्रेरित वर्गको दुःख हटाउनु क्रान्ति हो । क्रान्ति गर्नको लागि जनताको मन जित्नु पर्छ । हिंसा गरेर मात्र परिवर्तन हुँदैन । तर, माओको भनाई यस्तो छ– सामाजिक क्रान्ति गर्न, समाजलाई बदल्न बल प्रयोग गर्नुपर्छ ।
सामाजिक परिवर्तनको लागि मास्क एंगल्स लेलिनको भनाई एउटै छ । सत्ता प्राप्ती बन्दुकको नालबाट हुन्छ । बन्दुकको नालबाट नै समान्तवादीको शासनको अन्त्य हुन्छ । सामन्तवादीहरु एकेश्वरलाई मान्दछन् । धर्मभक्ति र ईश्वरको आस्थालाई मान्दछन् । ईश्वरको सत्तालाई शिद्द गर्नको लागि कोशिस गर्छन् ।
पूर्वजन्म र परजन्मको विश्वास गर्दछन् । स्वर्ग नरगको पाप पुण्यको कुरालाई प्राथमिकता दिन्छन् । स्वर्गमा परमेश्वर छन्, धर्तीमा राजा ठुला छन् । यिनैको सेवा गर्नुपर्छ भनेर सिकाए । मानिसलाई सामन्तवादीहरुले कहिले पनि स्वतन्त्र हुन दिएनन् । उत्पीडित समूहलाई धर्मको कडा विष खुवाउँछन् । त्यसैले पुरानो समाजलाई परिवर्तन गरी नयाँ समाजको स्थापना गर्नुपर्छ भन्ने साम्यवादीहरुको भनाई हो ।
साम्यवादीहरुले सुरुदेखि नै विज्ञान र प्रविधिको क्षेत्रमा प्रगति गर्दै गए । सबैभन्दा मानिसले रुखको बोक्राबाट कागज बनाउने काम गरे । त्यसपछि छापा खाना बनाएर छपाईको काम सुरु भयो । त्यसपछि बारुदको आविष्कार गरेर धातुको नदीमा बारुद भरेर पड्काउने काम गरे । त्यसपछि चुम्बक र कम्पासको आविष्कार गरे । यसरी क्रमश परिवर्तन हुँदै आयो । युरोपमा पन्ध्रौँ शताब्दीमा पुर्नजागरणको अवस्था सुरु भयो । त्यसबेलासम्म एसियामा कुनै उद्योग धन्दा खुलेको थिएन । धेरै पछिसम्म भारतीय उपमहादिवमा पूँजीवादको शासन नै चलिरह्यो ।
१४ शताब्दीमा ग्यालिलियोले सूर्यलाई पृथ्वीले घुम्छ, सूर्यले पृथ्वीलाई घुम्दैन भनी पत्ता लगाए । कोलमब्सले अमेरिका पत्ता लगाए । बासको ढिकामाले भारत पत्ता लगाए । त्यसपछि सामन्तवादको विरुद्धमा युरोपमा विभिन्न प्रकारका सांस्कृतिक आन्दोलन भए । क्रान्तिको सुरुवात भयो । भौतिकवादी दर्शनको सुरु भयो । त्यो मास्कवादीको दर्शन हो । आदर्शवाद र भौतिकवादको संघर्ष नै क्रान्ति हो ।
साम्यवाद र सामन्तवादको संघर्ष नै क्रान्ति हो । मास्कको भनाई यस्तो छ– दुनियालाई बदल्न खोज्ने शासकले स्वयम् आफूलाई बदल्नु पर्छ । आफूलाई बदल्न नसक्ने दुनियालाई बदल्न सक्दैन । सामन्तवादीले तर्क गर्नेलाई वितन्दावाद भन्दछन् । उनीहरुले असत्यलाई सत्य भन्न जानेका छैनन् । नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको प्रभाव परेको छ ।
दर्शन शास्त्रमा निगमन र आगमनको विशेष महत्व हुन्छ । सामान्यबाट विशेषतिर जाने प्रणालीलाई निगमन भन्दछन् । विशेषबाट सामान्यतिर जाने प्रणालीलाई आगमन भन्दछन् । यी दुवै प्रणाली एकअर्काका पुरक हुन् । यो संसारमा आउने जाने क्रम चलिनै रहन्छ । प्रत्यक्षबाट अप्रत्यक्षतिर अप्रत्यक्षतिरबाट प्रत्यक्षतिर जाने क्रम भइरहन्छ । असत्यलाई सत्य र सत्यलाई असत्य मान्नु तार्किक विशेषता हो । यसलाई भौतिकवादीहरुले स्वीकार गर्दैनन् ।
भौतिकवादीहरुले प्रत्यक्षलाई स्वीकार गर्दछन् । दर्शन शास्त्रमा समश्लेषण र विश्लेषणको ठुलो महत्व छ । समश्लेषण भनेको जोड्नु हो, विश्लेषणको भनेको फैलाउनु हो । समश्लेषण र विश्लेषणमा द्वन्द्वात्मक सम्बन्ध छ । विश्लेषण नभई समश्लेषण हुन सक्दैन । एकले अर्कोमाथि विजय प्राप्त गर्न समश्लेषण हो । ठुलो माछाले सानो माछालाई खानु समश्लेषण हो । यी दुईको एकता विपरितको एकता हो । समयवादी र आध्यात्मिकवादी एक जुट हुन सक्दैन । त्यसैले क्रान्ति भइरहन्छ । परिवर्तन भइरहन्छ । क्रान्तिबाट स्थापना गर्नु पुरुषार्थ हो । तर, नेपालमा क्रान्तिवादी शान्ति कहिले भएन ।
त्यसैले अब नेपालीहरुले अहिंसाबाट परिवर्तन गर्न चाहन्छन् । माहात्मा गान्धीले प्रेमबाट भारतलाई स्वतन्त्र गराई विकास गरेका थिए । नेपाली शासकहरुले क्रान्तिबाट शान्ति ल्याउन चाहान्छन् । त्यसैले नेपालमा धेरै क्रान्ति भए । विभिन्न कालखण्डमा जनताले धेरै ज्यान गुमाए तैपनि शान्ति हुन सकेको छैन । परिवर्तन गर्न जनताको मनलाई जित्न सक्नुपर्छ । त्यसो भए मात्र सत्ता दिगो रहन्छ । बिना शान्ति देश विकास हुन सक्दैन । सत्तामा बसेका शासकहरुले सर्वे भवन्तु सुखिना ! भन्ने मुल मन्त्रलाई अपनाउन आवश्यक छ ।