जिल्लालाई पूर्ण रुपमा लक गर्न तुलसीपुर उद्योग वाणिज्य संघको अनुरोध

शरद रेग्मी
तुलसीपुर,२२ बैशाख । कोरोना रोग नियन्त्रण गर्दै संक्रमणबाट बच्न तुलसीपुर उद्योग वाणिज्य संघले दाङ जिल्लालाई पूर्ण रुपमा लक गर्न सुझाव दिएको छ ।
छिमेकी जिल्ला बाँके र रुपन्देहीमा कोरोनाका संक्रमितहरु देखिएपछि दाङ जिल्लालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने सन्दर्भमा आज सोमवार वाणिज्य संघले आयोजना गरेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

बाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा बसेको बैठकले जिल्लामा भोली हुन सक्ने संभावित क्षेती र सक्रमनलाई नियन्त्रण गर्न समय
मै सबै संयन्त्र परिचालन गर्न समेत स्थानिय सरकार , प्रदेश सरकार र जिल्ला प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

वाणिज्य संघले जिल्लामा सरकारी र निजी स्वास्थ्य संस्था र अस्पतालको अवस्था सुधार गर्न र जिल्ला मै विरामी रिफर गर्ने वातावरण तत्काल मिलाउन समेत सम्वन्धित सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

साथै बैठकले दाङ भित्रने सबै नाकाहरु सिल गरेर स्वास्थ्यकर्मी सहितको सुरक्षा हेल्पडेक्स तत्काल स्थापना गर्न समेत सुझाव दिएको छ ।
साथै बैठकमा अति आवश्यक खाद्यान्नका पसलहरु मात्र संचालन गर्न र अनावश्यक रुपमा वजारमा भिडभाड नगर्न सम्पूर्ण ं उद्योगी व्यवसायीहरुलाई
अपिल समेत गरेको छ ।

साथै बैठकमा वोल्ने सदस्यहरुले जेष्ठ नागरिकहरुले वृद्धिभत्ता लिन आउदा वजारमा सामाजिक दुरी कायम नगरी एकै ठाउंमा भिडभाड वढेको भन्दै तत्काल आवश्यक व्यवस्थापन गरी समस्या समाधान गर्न स्थानीय सरकार प्रमुख , सुरक्षा प्रमुख र बैंक मेनेजरहरुको ध्यानाकर्षण गराएको छ । सम्वन्धीत वडा वाटै बृद्ध भत्ता वितरण गर्ने वातावरण श्रृजना गर्न समेत तुलसीपुर उद्योग वाणिज्य संघले उपमहानगरपालीका र गाउंपालीकाहरुलाई अनुरोध गरेको छ ।

बैठकले लामो लकडाउनका कारण व्यवसायीहरु मारमा परेको भन्दै घरमालिकहरुलाई लकडाउन अवधिभरको घर भाडा मिनाह गर्न समेत अनुरोध गरेको वाणिज्य संघका महासचिव रुप वहादुर खत्रीले जानकारी दिनु भयो । त्यसै गरी बैठकले लकडाउनका कारण उद्योग धन्दा वन्द भएको भन्दै बैंक व्याज
मिनाह र छुट पाउने व्यवस्था मिलाउन नेपाल उद्योग वाणिज्य महासंघ मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाईमा यस क्षेत्रका दर्जन वढी सामाजिक संघ संस्थाहरुको आयोजनामा तुलसीपुरमा पैदलयात्रीका लागि संचालन गरेको खाना , आवास र यातायातको सुविधा अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव र सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष विमल रिजाल, सल्लाहकारहरु सुरेश हमाल, नारायणप्रसाद खनाल, प्रेस सल्लाहकार शरद रेग्मी वरिष्ठ उपाध्यक्ष राम
प्रसाद चालिसे लगायतले दाङ जिल्लालाई सुरक्षीत र संक्रमण वाट जोगाउन सबैले आ–आफ्नो तर्फवाट सहयोग गर्नु पर्ने वताउनु भएको थियो ।