दाङ, २२ बैशाख । प्रदेश नं.५ को कोरोना प्रभावित क्षेत्र नेपालगञ्जमा बसेर केही दिन अघि घोराही आएका एक युवासहित ६ जनालाई कोरोना संक्रमणको आंशकामामा चेकजाचका लागि घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
घोराही उपमहानगरपालिका–१४ मिलनचोकमा दुई दिन पहिले एक मुस्लिम युवा लामो समय नेपालगञ्ज बसेर घोराही आएका थिए । उनी नेपालगंजबाट आएको स्थानीयले खवर गरेपछि उनीसहित प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर स्वास्थ्य परिक्षण गर्न थालिएकाके हो । २४ वर्षीय ती युवा, उनको परिवारका ४ जना र उनको एक जना साथी गरि ६ जनाको स्वास्थ्य परिक्षण गर्न थालिएको हो ।
कोरोना भाइरसकोे आशंकामा आज ६ जनाको प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गरिन थालिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायममुकायम रजिष्टार कैशाल देवले जानकारी दिएका छन । ‘केही दिन पहिले नेपालगंजबाट घोराही आएका एक जना मुस्लिम समुदायका युवासँगै उनको भेटेका व्यक्तिहरुलाई कोरोना भाइरसको आशंकामा परिक्षणका लागि ल्याइएको छ’,उनले भने ।