लक्ष्मण बिसी
एक महिना बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु निकै खुसी भएका छन् । लामो समय भारतीय क्वारेन्टाइनमा बसेकाहरु स्वदेश फर्केपछि आफूहरुलाई सजिलो भएको उनीहरुले बताएका छन् ।
कोरोनाको त्रासकाबीच जन्मभूमीमा आउन पाउँदा निकै खुसी लागेको बैतडीको पुर्चौंडी नगरपालिका ८ का उत्तम बोहराले बताउनुभयो । विपत्तीको बेला स्वदेश फर्कन पाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो ।विदेशी भूमीको क्वारेन्टाइनमा बस्न निकै समस्या भएका बेला स्वदेश फर्कन पाउँदा आफूहरु हर्षित भएको उहाँको भनाई छ ।
भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि भारतीय सीमा क्षेत्रमा हजारौं नेपाली भारतीय क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई बिहीबार मात्रै स्वदेश फर्काइएको हो । स्वदेश फर्कन पाउँदा निकै खुसी लागेको डिलाशैनी गाउँपालिका वडा नं ६ रमेशराम ओडले बताउनुभयो । मातृभूमीमा पाइला टेक्न पाउँदा निकै खुसी लागेको र आफूहरुलाई स्वदेश ल्याउन पहल गर्ने सबैलाई उहाँले धन्यवाद समेत व्यक्त गर्नुभएको छ । झुलाघाट नाकाबाट मात्रै बैतडीका मात्रै ७९० जना फर्किएका थिए । भारतीय क्वारेन्टाइनबाट स्वदेश फर्कन पाउँदा आफूहरुलाई निकै खुसी लागेको बैतडीको पुर्चौैंडी नगरपालिका ८ का विरेन्द्र पाठकले बताउनुभयो ।
विदेशीभूमीमा बस्नुभन्दा स्वदेशको क्वारेन्टाइनमा बस्नु धेरै राम्रो भएको उहाँको भनाई छ । झुलाघाट नाकाबाट र धारचुला नाकाबाट फर्केका नेपालीहरुलाई सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन् ।