होटेल सुपर लजद्वारा क्याफे सञ्चालन

दाङ,११ जेठ । घोराही उपमहानगरपालिका–१५ शहिद उमेश मार्गमा रहेको होटल सुपर लज एण्ड रेष्टुरेष्टले क्याफे सञ्चालनमा ल्याएको छ ।

नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको होटल सुपर लजले सबै प्रकारका सेवा एकै थलोमा उपलब्ध हुने गरी क्याफे सञ्चालनमा ल्याएको होटलका म्यानेजर बसन्त जिएले जानकारी दिएका छन् ।

नयाँ व्यवस्थापनका साथ विगत तीन बर्षदेखि सञ्चालन भइरहेको होटल सुपर लज एण्ड रेष्टुरेष्टले अहिले क्याफे सञ्चालनमा ल्याएको म्यानेजर जिएमले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । म्यानेजर जिएमका अनुसार यसअघि होटल सुपर लज एण्ड रेष्टुरेष्टले लज तथा सेमनार हल, पार्टी प्यालेसलगायत सञ्चालन गर्दै आएको थियो ।

ग्राहक तथा सेवाग्राहीको मागलाई ध्यानमा राखेर होटल, लज, रेस्टुरेन्ट, सेमिनार, पार्टी प्यालेससँगै क्याफे सञ्चालन गरेको हो । यसअघि सञ्चालन हुँदै आएको राप्ती सुपर लजलाई नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको भन्दै म्यानेजर जिएमले होटलबाट उपलब्ध हुने खाना, नास्तालगायतका सबै प्रकारका सेवा सुविधास्तरीय रहेको जानकारी गराएका थिए ।