राप्ती इन्जिनियरिङ कलेजमा नेविसंघको नयाँ समिति

दाङ, ११ जेठ । घोराही उपमहानगरपालिका–१६ मा रहेको राप्ती इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति चयन गरिएको छ ।

कलेजमा आइतवार भएको छैठौँ इकाइ अधिवेशनले अधिवेशनले अमृत रावतको सभापतित्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपसभापतिहरुमा प्रशान्त श्रेष्ठ,आषिश लामिछाने, दिलु योगी, सन्देश आचार्य र विवेकानन्द पोखरेल, सचिवमा सबिन्द्र शाही, सहसचिवमा पारस बुढाथोकी, एलिजा थापा, लक्ष्मण केसी, समिर खड्का, कोषाध्यक्षमा निगम वुढामगर रहेका छन् ।

सदस्यहरूमा मोहन भण्डारी, शिरिराम चौधरी, सुशान्त पान्डे, शेखरकुमार थारु, बिजय बोहरा, समिर चौधरी, सन्जय बोहरा, महिमा गिरी, नविन भण्डारी, बिसाल योगी, जोती शर्मा, भिजन वली, विनोद पोखरेल, खिम बिवश राना, शेखर अधिकारी, दुर्गा रोका, रुपाली विष्ट, नेहा खड्का, दिपीका डाँगी, प्रवेश डाँगी, कृतिश भण्डारी रहेका छन् ।

नेविसंघ राप्ती इन्जिनियरिङ कलेज इकाइ सभापति एवम् घोराही उपमहानगरपालिका संयोजक विजय विष्ट (पारस) को सभापतित्व तथा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरीको प्रमुख आतिथ्यता एवं नेविसंघ दाङ जिल्ला सभापति कुलराज पोखरेल र नेपाल इन्जिनियर्स एसोसिएसनका लुम्बिनी प्रदेश सदस्य दैवज्ञराज जोशीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

अधिवेशनको उद्घाटन कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सभापति दिपेश डाँगी, महेन्द्र बहुमुखी क्याम्पस स्ववियुका निवर्तमान स्ववियु सभापति मनोज डाँगी, अम्बिकेश्वरी क्याम्पसका निवर्तमान स्ववियु सभापति रनबहादुर खड्का, अम्बिकेश्वरी क्याम्पसका वर्तमान स्ववियु सभापति संगम शर्मा, नेविसंघ दाङ जिल्ला सदस्य सुरभी पोखरेल, महेन्द्र बहुमुखी क्याम्पस स्ववियु सदस्य इमान घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए । नवनिर्वाचित कार्यसमितिले विद्यार्थी हकअधिकार, शैक्षिक सुधार र संगठन सुदृढीकरणमा लाग्ने प्रतिबद्धता साथ क्रियाशील रहने बताएका थिए ।