कृष्णनगर प्रहरीद्वारा २ लाख बराबरको सामान बरामद

अजय मिश्र
कृष्णनगर, १० जेठ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले करिब दुई लाख रुपैयाँ बराबरको अवैध रूपमा चोरी निकासी तथा पैठारी गरिएको मालसामान बरामद गरेको छ।

शुक्रवार बिहान करिब ११:४५ बजे कृष्णनगर नगरपालिका–६, भिल्मी चोकस्थित स्थानबाट र १३ हजार पाँच सय बराबरको १ सय ५० केजी चिनी बरामद गरेको हो।

त्यसअघि, बिहान करिब ११:३० बजे महाराजगंज नगरपालिका–९, कुसहवा बढनीस्थित स्थानमा गरिएको अर्को अपरेशनमा प्रहरीले दुई थान मोटरसाइकल, तीन बोरा सुकेको रातो खुर्सानी, ३८ वटा जिउँदो बोइलर कुखुरा र १९ प्याकेट पार्लेजी बिस्कुटसहित दुई लाख मूल्य बराबरको विभिन्न सामानहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।