राजनीतिले खाएको देश

सुभाष न्यौपाने

संसारका कति देश राजनीतिले सिँगार्दछ
नेपाल देश हाम्रो राजनीतिले बिगार्दो छ
योजना, गुरुयोजना बनाउने राजनीति,
लथालिङ्ग पारे देश सिँगारेर जातिविति
अझै भन्दैछन्, उनी देश हाम्रै जिम्मामा देऊ
महँगी करको भार सबै तिमीले स्वामित्व देऊ ।

हरेक देशको राजनीति त्यस देशको उद्धार र उत्थानका निमित्त प्रयोग गरिने एउटा सूत्र हो । जुन सूत्रबाट मुलुकमा सञ्चालनमा आउने सबैखाले गतिविधिहरुलाई नियमित र नियमन गर्ने बलियो आधार हो । जसले सही तरिकाले त्यस सूत्रलाई प्रयोग गरे उनीहरुले आफ्नो देशमा सुन, हिरा फलाउनेसम्म भए ।

नेपाल भने हरेक विषयलाई राजनीतिसँग जोडर कार्य गर्ने अभीष्ट रनजीतिक दलले पूरा गर्ने धृष्टता राजनैतिक दलमा भएकाले न्याय, सुरक्षा र प्रशासन सबै निकायहरु राजनीतिले गाँजेर राखेकाले भ्रष्टाचार व्याप्त बन्न पुग्यो । राम्रो होइन हाम्रो रोज्ने प्रवृत्तिले बढावा पायो, त्यो नै भ्रष्टाचारको उद्गम र प्रथम गन्तव्य हो । जुन शासन पद्धतिको विरोध गरेर नेपाली जनताले परिवर्तन खोजे जनताले स्वीकारेर ल्याएको शासन पद्धति नै जनताको लागि अभिशाप बन्दै गइरहेको छ । त्यसैले नेपाली जनता वर्तमान शासन पद्धतिप्रति असन्तोष छन् ।

बजेट पेस गर्छ सरकार राष्ट्र ऋण बढाउँछ
जनताको थाप्लोमाथि अर्को नाम्लो खपाउँछ ।

हिजो राणाहरुले विरोध गरे जनताले, तिनैले बनाएका भवनहरुमा सङ्घीय मन्त्रालयलगायतका करिबकरिब सबै प्रशासनिक निकायहरु तिनै भवनमा अटेका छन् । वीर अस्पताल, शिक्षण अस्पताल र त्रिचन्द्र मिलिटरी अस्पतालको नामबाट स्थापना भएको वीरेन्द्र सैनिक अस्पताल जसले अन्तर्राष्ट्रिय जगतमा पनि आफ्नो प्रतिष्ठा कायम राखेका छन्, अहिलेसम्म ।

पुलचोक इन्जिनियरिङ क्याम्पस, कृषि क्याम्पस रामपुर चितवन, वन विज्ञान अध्ययन संस्थान हेटौँडा, जसलाई बहुदलको आगमनपश्चात द्वन्द्व र विभाजनमा लगिसके । बहुदलको आगमनसँगै विद्यार्थीहरु राजनीति गर्ने भए, गणतन्त्र लोकतन्त्रमा पुग्दा त विद्यार्थी राजनीति उत्कर्षमा पुग्यो । महिनौ क्याम्पसहरुमा ताला लाग्ने भयो, अब भन्नुस् पढ्न सक्ने विद्यार्थीहरु उच्च शिक्षा कुरेर नेपाल किन बस्छन् ? यो सबै राजनैतिक उपच होइन त ? योजना स्टिमेट गरेर विदेशबाट ऋण सहयोग ल्याउँछ, सरकार उच्च पदस्थको सेवासुविधामा खर्च गर्छ । ऋण देश र जनताको नाममा आउँछ ।

अब भन्नुहोस् नेपालको लोकतान्त्रिक राज्य संस्था कसरी चलेको रहेछ ? अझ तिनैले फुइँ गर्छन्, हामी राष्ट्र समृद्धिको परिकल्पनामा अगाडि बढिरहेका छौँ । हामीलाई साथ दिनुस्, हामीलाई मत दिनुहोस् भन्दै जनता सामु जान किन लाज मान्दैनन् ? बहुदल, गणतन्त्र, लोकतन्त्र हुँदै जति विस्तार र परिपक्कव हुँदै अघि बढिरहेको छ त्यति नै अराजकता र भ्रष्टाचारको जालो जेलिँदै र बलियो हुँदै गइरहेको छ ।

अझ गबन्धनको सरकार बन्न थालेपछि त झन अराजगकता र आर्थिक नियमितता ह्वात्तै बढेर गएको छ । त्यसमा पनि पहुँचवाला, राजनीतिक दलहरु आफ्ना सहयोगी र सदस्यहरुलाई निष्कलङ्क बनाउन खोज्छन् भने विपक्षीलाई सबै अपराधको अपराधी करार गर्न चाहन्छन् र गर्छन् पनि । जसले आन्दोलन गरेर भएको परिवर्तनपश्चात सत्ता प्राप्त गरे, जुन आन्दोलनमा जनताको प्रत्यक्ष सहभागिता थियो ।

त्यसरी प्राप्त गरेको सत्तामा रहेर नेताहरु राष्ट्रको ढुकुटी मुसाले काटेझैँ काटी चोरकुनाबाट चुहिने गराएर रित्याए, जसको कारण राज्यको दायित्वभित्र पर्ने स्वार्थ शिक्षाका त कुरा छोडौँ, जनताले अग्रिम पैसा बुझाएर गरेको स्वास्थ्य बिमाको सुविधा समेत दिन राज्य आनाकानी गर्न खोज्छ । राज्यको गतिविधि हेर्ने हो भने त लोकतन्त्रको आगमनपश्चात सुरु भएको गठबन्धन सरकार सबैभन्दा घातक देखिँदै गएको छ भने त्यसपश्चात गठन भएका हरेक सरकारले आफ्नो क्षमता अनुसारको राज्य आतङ्क मच्चाइरहेका छन् । जनतालाई तर्साइरहेका छन् ।

यिनी सरकारहरुको रबैया र कार्यसम्पादन गतिविधि हेर्दा सन्तोष गर्ने र आशा गर्ने ठाउँ कहीँ पनि देखिँदैन । मुलुकमा सञ्चालित रहेक विषयहरुमा राजनैतिक द्वन्द्व चर्कएजस्तो गरेर मुनाफाको सवालमा भने सबै राजनीतिक दलहरु एकै ठाउँमा केन्द्रित भएको देख्दा पनि जनतालाई के विश्वास छ भने शासन पद्धति जुनसुकै नामको अँगालोको देखाइए तापनि यिनीहरुसँग न त मुलुकको वृहत्तर विकासको सोच छ न त खाका छ न त योजना नै ।

यिनीहरुसँग योजना यदि छ भने लुट र भ्रष्टाचारयुक्त प्रपञ्च छ । दिशाहनि र आशाहीन बनिसकेको नेपाली राजनीतिमा यो शासन पद्धतिलाई जनताले त्यसै फेर्न खोजेका होइनन् । यो परिस्थितिलाई साधारण र सामान्य नमान, जस्तोसुकै दुर्घटनामा मुलुक परे पनि तिमीहरु सुध्रिने अवस्था नेपाली जनताले देखेका छैनन् । अर्कालाई दोष, आरोप लगाएर आफू पवित्र बन्ने कोसिस अझै गर्दै छौँ । बुझ तिमीहरुको राजनीति मुलुकको लागि आभिशाप सिद्ध भइसकेको छ । चाहे परिभाषा लोकतन्त्र, गणतन्त्र वा जुनै तन्त्रको देऊ ।

जुनसुकै मुलुकमा होस् जबसम्म तिमीहरु जस्ता शासनको हातमा मुलुक पर्छ जान्नु त्यो मुलुक बर्बादीतर्फ उन्मुख भइसक्यो । अब भन मुलुक कहिले र कसरी बन्ने र तिमीहरुको हातमा त देश बाँदरको हातमा नरिवल भइसकेको छ । शासकहरु लोकतन्त्रको नाममा लोकको हुर्मत लिइरहेका छन् । तैपनि अझौ भन्छन्– जनताको नाममा जनताद्वारा जनताको लागि गरिने शासन पद्धतिभन्दा उत्कृष्ट शासन पद्धति कुन छ ? हो जनताले खोजेको त त्यही शासन पद्धति हो, जहाँ कानूनी राज्य छ, नागरिक अधिकारको सुरक्षा छ र नागरिक समानता छ, त्यसैले जनताले लोकतन्त्र खोजेका हुन्, ल्याउका हुन् । तिमीहरुलाई जनताका प्रतिनिधि बनाएका हुन् ।

०४८ को आम निर्वाचनबाट ०७९ को निर्वाचनसम्म तिमीहरुलाई अवसर दिएका पनि हुन् तर तिमीहरुले आवश्यकता र अपेक्षाहरु कति पूरा गर्न सक्यो र आफूलाई कुन आर्थिक हैसियतमा प¥यायौ ? जनतालाई कहाँ राख्यौ ? छातिमा हात राखेर भन्न सक्छौ ? देशलाई कहाँ पु¥यायौ, देशलाई कस्तो गरायौ ? भनेर । हो त्यसैले तिमीहरुले देशमा त शक्तिको आडमा राज्य आतङ्क मच्चायो, जनतालाई तर्साउने भन्दा अरु के काम ग¥यौ ?

राष्ट्रिय ढुकुटीलाई निजी भण्डार बनाएर राख्यौ, कमाएर भन्दा लुटेर खाने प्रवृत्रिको विकास ग¥यौ । जसको फलस्वरुप तिमी सिसमहलमा बस्ने र रातारात अर्बपति बन्ने मार्ग खन्यौ । जुन मार्गलाई तिम्रा ती लाठे, मुङ्गे्र अनुयायीहरुले पछ्याइरहेका छन् । जसलाई नेपाली जनता झोले भन्छन् । तिमीहरु त जनताका लागि चोर साबित भइसकेका छौ । तैपनि तिमीहरुले गणतन्त्रको निभ्न लागेको दियो अझै देखका छैनौ । फुइ गर्दै अझै लोकतन्त्रको डिङ हाँक्दै छौ ।

जनताले बालेको लोकतन्त्रको दियोमा एकपटक हेर त तेल कति बाँकी छ ? त्यो तिमीले पालामा देखेको तेल त सबै पानी हो । तेल त केही मात्र बाँकी छ । भन पानीमा दियो जल्छ र ? तिमीहरुको नेपालमा लोकतन्त्रको राजनीति त्यस्तै भइसकेको छ, धेरै के भनौँ । २०४६ सालदेखि लाभको पदमा बसेको उच्च पदस्थ राष्ट्रसेवक लगायत सबैको सम्पत्ति छान, शुद्धीकरणको लागि उच्च स्तरीय छानबिन आयो कि गठनको मात्र माग रिनन्तर उठिरहेको छ । तिमी पनि उठाउँछौँ तर तिमीलाई जब छानबिन गर्ने समिति गठन गर्नको लागि अवसर मिल्छ तब तिमी विभिन्न वहानामा त्यसबाट पन्छन खोज्छौ र पन्छिन्छौ । किनभने तिमी त गणनामा पहिलो भ्रष्टाचारी हौ ।

लोकतन्त्र र गणतन्त्रको नाममा मुलुक र संविधानको धज्जी उडाइरहेका छौ । भ्रष्टाचारलाई बढावा दिइरहेका छौ र भन्दैछौ – आफूलाई विशिष्ट नागरिक भनेर । लोकतन्त्रको संरक्षणको नाममा कोही कसैको तिम्रा गल्ती औलाइदिए भने तिमी त्यसको जिभ्रो थुत्न समेत तयार हुन्छौ । ०६५ जेठ १५ गतेदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गरेको अवधिले १७ वर्षे किशोर अवस्था पार गरेर मुलुक युवा अवस्थामा प्रवेश गरिसकेको छ, युवा हुनु भनेको बयस्क र सवल हुनु होइन र ? तर युवा किन दुर्बल बन्दै गइरहेको छ ? यो सबै तिमीहरुको राजनीतिक खेल नै हो । तिमीहरु खेलाडी रहँदासम्म राजनीति नामको खेलले न त इमान जोगाउन सक्ला न त राष्ट्रिय स्वाभिमान नै रक्षा गर्न सक्ला । किनभने तिमीहरुको चरित्र कस्तो देखियो भने किशोर लोकतन्त्रलाई फेरि शिशु बनाएर बटुकामा दुद पो माग्न हिड्ने हौ कि भन्ने जस्तो ।

गणतन्त्र दिवसकै दिन पारेर किन राजावादीहरुले पटक–पटक आन्दोलन गरिरहेका छन् । यस्तो लाग्छ सायद उनीहरुले केही बुझेका छन् । किनभने तिमीहरुको राज्यमा लुट मच्चाउने लोकतान्त्रिक गणतन्त्र त उनीहरुले पनि भोगे । तिमीहरु कति छद्मभेसी रहेछौ, कति दुईजिभ्रे रहेछौ भन्ने त ती राजा आउ भन्नेले पनि हामी सरह भोगे, व्यहोरे नि । हिजो बहुदलको तर्फबाट राजतन्त्रमाथि ढुङ्गा प्रहार गर्ने युवाहरुले मुटु मिचेर बसिरहेका छन्, मुटु थाम्न गाह्रो भइरहेको छ । भन्दैछन् हिजो तिमीले बुझ्न सकेनौ कि आज यसरी पिरोलिनु पर्ला भनेर । हिजो जनताले परिवर्तनका लागि दिएको बलिदानी उनका सन्नतिहरुले खेर गएको महसुस गरिरहेका छन् । आफूले बुझ्न नसकेको भनेर आफूलाई धिक्कारिरहेका छन् । तिम्रो राजनीतिले यसरी गिजोल्यो, देशलाई अब तिम्रा हात नकाटेसम्म यो देशको राजनीति सफा नहुने देखिन्छ ।