युवराज शर्मा
नेपाल गाउँ–गाउँले भरिएको देश हो । जहाँ गाउँघरमा पुराना बस्तीहरु अझै पनि अस्तित्वमा छन् । सहरबजारको स्वरुप नहुँदा मानिस गाउँमा बस्थे । अहिले पनि नेपालको कुल जनसंख्यामा ६५% गाउँघरमा बस्छन् । उनीहरुके मुख्य पेसा नै कृषि र पशुपंक्षी पालन गर्ने हो ।
गाउँघरमा बस्नेहरुले खेतीपाती नगरेर खाद्य समस्या टर्दैन भने पशुपालन नगरेर प्रांगारिक मल हुँदैन । खेतबारीमा मल नहालेसम्म खाद्य उत्पादन हुँदैन । त्यसैले होला अदुवा–बारी दाङका बासिन्दाहरुले खेतीपाती र पशुपालनमा समय बिताएका छन् । उनीहरुको कर्म नै कृषि कार्य र पशुपालन हो । पशुपालनमा भैँसी पाल्छन् । घर–घरबाट दुध बेच्छन् । यहाँ दुध डेरीको दुध कलेक्सन सेन्टर पनि छ । वर्तमान समयमा वैदेशिक रोजगारका लागि अमेरिका, क्यानडा, जापान, साइप्रस, दुवई, साउदी अरब, भारतका सहरहरुमा रोजगार गर्छन् । धेरै संख्या सरकारी नोकरीमा छन् भने कतिपय शिक्षण पेसामा पनि छन् । पहिलेको बस्तीमा घरपरिवारहरु थिए ।
अहिले यस गाउँमा ५५ घरदुरीमा छन् । सरदर प्रतिघर ५ जनाको संख्या पाइन्छ । पुराना बासिन्दा एकघर छन् भने अरुहरु बसाइसराई र ऐलानी जमिनको बस्ती समेत गणना भएको छ । परापूर्वकालमा खेतीपातीमा निर्भर भएको बस्ती हो–अदुवा बारी गाउँ । अहिले यो गाउँ घोराही उपमहानगरपालिकाको वडा नं. १ मा पर्छ । पुरानो गाउँ भएको भए पनि एउटा घरपरिवार मात्र पुराना बासिन्दा छन् । अरु सबै नयाँ हुन् ।
चेपेखोलाको शिर पनि यसै गाउँको शिरमा भएको सिमसार दश, भोटे दह हो । जो संरक्षणको पखाईमा छ । पर्यटकीय सम्भावना भएको स्थल भए पनि पर्यटकीय निकायहरुको पहुँच पुग्न सकेको छैन । वन डिभिजन कार्यालय दाङबाट निर्मित विश्राम स्थल, रुपान्तर नेपालबाट निर्मित वनभोज गर्ने भवन, शौचालय, पानीको धारा छन् भने २०७६ सालमा वडा नं. १ कार्यालयबाट अनुदानमा निर्मित भोटे बराह मन्दिर र दहको सरसफाई भएको थियो ।
साथै दहको पूर्व डाँडामा दुर्गा भगवतीको मूर्ति स्थापना गरिएको मन्दिर भवन, पहाड चढ्ने सिढीहरु छन् तर बारको अभावमा वृद्धहरुको पहुँच छैन । दहमा माछा पालन गर्छन् । त्यसको बिक्रीबाट मनग्य आम्दानी गर्छन् । वन उपभोक्ता समितिका अध्यक्षले खादै आएको इतिहास छ । त्यस पैसाबाट कुनै काम भएको छैन । भोटे दह वन उपभोक्ता समितिमा यस विषयमा कुरा उठ्छ । तर, अध्यक्षले सुन्दैनन् । यो रोगको रुश्मा छ । हुनतः गणतन्त्रमा दलतन्त्र बढ्दो छ । दलको वन फडानीबाट सन्तुष्ट छन् ।
घरबास र जग्गा बनाएका छन् । वन क्षेत्र र ऐलानी पर्ति जमिन कब्जामा छन् । अदुवा–बारी गाउँको जमिन अतिक्रमण भएको हेर्ने निकाय छैन । जमिनका लागि पहाडबाट मैदानी भागमा बस्तीहरु बढिरहेका छन् । बस्तीहरु बढ्नेमा अदुवा–बारी पनि एउटा हो । जसले प्राचिन गाउँको झल्को दिन्छ । पछि सक्किने छ ।यस गाउँमा पुख्र्यौली बासिन्दा मित्रलाल उपाध्यायका सन्तानहरु बसेका छन् । उनीहरु नै यहाँका पुराना बासिन्दा हुन् । उनीहरुके सन्तानहरुले पुख्र्यौली थातथलो छोडेनन् । पुराना बासिन्दाहरुले आफ्नो थातथलो छोड्नुका कारणहरु निम्न प्रकारका हुन्छन् ।
१. खान नपुग्ने भए पछि ठाउँ छोडि जान्छन् । २. बसेको ठाउँमा बदनाम भएपछि बसाइसराई सर्छन् । यहाँ भएका घरपरिवारहरुमध्ये जनसंख्या बढेर घरबास बनाउन समस्या भउर बसाइ सरेका परिवारहरु पर्छन् तर मित्रलाल उपाध्यायको सन्तानहरुले पुख्र्यौली थलो थामेर बसेका छन् । उनीहरुलाई सात पुस्तासम्म समस्या भएन । पुख्र्यौली थलो ईश्वरको बरदान हो भन्छन् । उनीहरु भन्छन्– हामीलाई खानलाउन पुर्खाले पुगेकै छ । परापूर्वदेखि बदनाम भएका छैनौ । हाम्रा पुर्खाले पढेर योग्य बन्नु । सरकारी सेवामा नोकरी गर्नु । पराई धनसम्पत्तिमा लालची नहुनु । सुखी मानो शान्त भएर उपभोग गर्नु भन्ने ज्ञान पुर्खाहरुबाट पाएको कथा सुनाउँछन् ।
वास्तवमा पुर्खाको ठाउँ छोड्ने लहर २०४६ सालदेखि बढ्दै गयो । माओवादीको द्वन्द्वकालमा भन्छन छोडेर सहर पस्ने लहर चल्यो । २०५७ सालमा धेरै बढ्यो । यो समयमा पहाडबाट तराई झर्नेहरुको लहर चल्यो । त्यस समयमा जंगल फछाडी गरेर बस्ती बसाउने । ऐलानी पर्ति जग्गा र व्यक्ति, संघसंस्थाहरुका जग्गा कब्जा गरेर भवन बनाउने लहर चल्यो । त्यस समयमा अदुवा बारीका ऐलानी, पर्ति, पानीघाट, नुनथलो, मसानघाट, संघ र संस्थाहरुका जग्गा कब्जा गर्नेहरु बढ्दै गए । त्यसले बलियाले खाने भन्न थाले । त्यस समयमा गौचरण, नुनथलो, भैँसी खाल बस्ने पोखरीहरु मासिए । अहिले स्थानीय सरकार मौन छ । गणतन्त्र आए पनि दलतन्त्रको हाबी भइरहेको छ ।
अदुवा–बारी गाउँ एउटा टोल विकास संस्थामा परिणत छ । प्रारम्भदेखि यो संस्था क्रियाशील भएन । अहिले पनि छैन । बसाई सरी आएकाहरुको बाहुल्यता भएकोले स्थानको विकास गर्न इच्छा गर्दैनन् । उनीहरुमा स्वार्थी भावना, चतुर व्यवहार, धोकेबाजी कार्यमा निपूर्ण छन् । भनिन्छ– पहाडबाट बसाई सर्नेहरु टाठाबाठा हुन्५न् । उनीहरुको मुख्य उद्देश्य मैदानी भागमा अर्थात् तराईमा जग्गा जोड्नु हो । यस्तै कारणले यहाँका ऐलानी पर्ति जमिनहरु कब्जा भइरहेका छन् । हुनत यो रोग दाङ जिल्लाभरमा पालिकाहरुमा छ । यस्ता कार्यले गर्दा खाली जमिनमा घरबास बनाएर बस्ती बसेका छन् । यसलाई दलहरुले भोट बैंक बनाएको अवस्था छ ।
गाउँको सडक पक्की छैन । २०७८ सालमा भएको ग्रेभेल पनि वर्षाका कारण खाल्डा परेका छन् । यातायातका साधनहरु आउजाउमा कठिनाई छ । सिँचाइ कुलो पक्की बनाउने क्रममा अधुरो छ । ५००० पाँच हजार वर्ष पुरानो भोटे बाबाको सिमसार दह पनि सरसफाईमा अधुरै छ । बाटोमा त्यहाँसम्म पुग्न कलभर्टको अभावले गर्दा यातायातका साधनहरु आउजाउमा कठिनाई भएको समस्या सुनाउँछन् त्यहाँ पिकनिक खान जाने वर्गले । आर्थिक, सामाजिक, शैक्षिक दृष्टिले बासिन्दाहरुमा पछौटेपन बढ्दौ छ । धेरै परिवारहरु वैदेशिक नोकरीमा निर्भर छन् । रोजगार, खाद्य, घरलु सामग्री खरिद गर्न पनि विदेशीनु पर्ने युवा जनशक्ति धेरै छ । मानिसहरुको मृत्यु भएमा युवाहरु मलामी पाइँदैनन् । महिला र वृद्धहरुको बसाइले गर्दा पुख्र्यौली परिवारहरु निराश भएका छन् ।