उपचारमा सहयोग गरिदिन कमला वलीको आग्रह

तुलसीपुर, ८ जेष्ठ। तुलसीपुर निवासी कमला वलीले आर्थिक सहयोगका लागि सवैलाई याचना गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका –५ स्वर्गद्धारी टोलमा बस्दै आएकी वली स्वास प्रस्वास सम्वन्धी लामो समयदेखि विरामी भएको र आर्थिक अवस्था निकै कम्जोर भएकाले उपचारका लागि आर्थिक सहयोग गरिदिन सवैलाई आग्रह गरेकी हुन ।

३९ बर्षीय वलीका श्रीमान पनि नभएको र घरमा खान बस्न समेत नपुग्ने अवस्था रहेको भन्दै सहयोग लागि आग्रह गरेकी छन् । विगत केहि बर्षदेखि स्वास प्रस्वास सम्वन्धी समस्या भएर काठमाण्डौमा ६ महिना उपचार गर्नुका साथै हाल केहि महिनादेखि तुलसीपुर स्थीत राप्ती प्रादेशीक अस्पतालमा भर्ना भएकी वलीले उपचार गर्दा सवै सम्पति सकीएको बताइन् ।

‘फोक्सोमा समस्या छ, एक्सीजन नलायर एक छिन पनि बस्न सकिन कतिदिन अस्पतालमा बस्ने घर गयो भने खानेबस्ने केहि छैन– वलीले भनिन् । उनले एउटा एक्सिजन सिलेण्डर किन्न पनि पैसा नहुने बताइन् । त्यस्तै वलीका आफन्तहरुले पनि गाउँघरमा पैसा उठायर उपचार गरेको भन्दै सहयोगको याचना गरेका छन् । विरामी वलीले सहयोग गर्न चाहनेहरुले ९८६३६४१२५३ वा ग्लोवल आइएमी बैंकको खाता नं ०५७०७०१०००५०९४ मा सहयोग गरिदिन आग्रह समेत गरिन ।