तुलसीपुर, ८ जेष्ठ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालमा बहुउद्देश्य सामुदायिक भवनको शिलायन्स गरिएको छ ।
संघिय शहरी विकास मन्त्रालय संघन शहरी तथा भवन निर्माण आयोजना दाङको लगानिमा अस्पताल परिसरमा निर्माण हुन लागेको भवनको एक कार्यक्रमकाविच नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले शिलान्यास गरेका हुन् । लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक लिला शाहको अध्यक्षता तथा केन्द्रिय सदस्य आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको प्रमुख आतिथ्यमा भएको शिलान्यास कार्यक्रममा बोल्दै गिरीले अस्पताललाई साधन स्रोतयुक्त बनाउन आफुहरु लागेको भन्दै समयमै भवन निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।
साथै गिरीले अस्पताल सवैको साझा संस्थाभएकोले भौतिक निर्माणमा सवैले सहयोग गरेको बताए । उनले विभिन्न समयमा विभिन्न व्यक्तिहरुले अस्पताललाई सहयोग गरेको र यस अघि तथा यो बर्ष सामुदायिक भवन निर्माणका लागि पहल गर्ने माननीय मेठमनि चौधरीलाई धन्यवाद समेत दिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव घनश्याम सुवेदी, रेडक्रस सोसाईटी लमही शाखाका अध्यक्ष थानेश्वर गैरे, लमही आँखा अस्पतालका प्राध्यापक डाक्टर प्रदीप बास्तोला, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा।सम्शेर थापालगायतले शुभकामना व्यक्तगरेका थिए ।
कार्यक्रममा माननीय मेटमणि चौधरीका स्वकीय सचिव सुदन खनालले यस बर्ष लमही आँखा अस्पतालको कर्मचारी भवनको निर्माण कार्यपुरा गर्नुका साथै लमहीमा नाक कान घाँटीको अस्पताल निर्माण लागि बजेटको व्यवस्थापन गर्ने बताए । उनले माननीय मेठमणि चौधरीको पहलमा २५ लाख लागतमा निर्माण हुन लागेको भवनको पहिलो चरणको काम यसै आर्थिक बर्षमा सम्पन्न हुने भन्दै थप सहयोग अर्को आर्थिक बर्षमा गर्ने बताए ।
त्यस्तै कार्यक्रममा सहभागीहरुले आँखा अस्पताल सवैको साझा संस्था भएको भन्दै अस्पतालका विकासमा लाग्नुपर्ने बताएका थिए । त्यसैविच लमही आँखा अस्पतालले लमही ५ निवासी हावाले घरको टिनको छानो उडाएका पीडितलाई सहयोग गरेको छ । अस्पतालले अजमत अलिलाई सहयोग गरेकोहो ।