प्रविधिमा जोडिँदै महिला

प्रमोद आचार्य

दाङ, ५ जेठ । प्रविधि र डिजिटलको अहिलेको परीबेशमा दाङको दंगीशरण गाउँपालिकाका महिला प्रविधि अनुरुप रुपान्तरित भइरहेका छन् । विद्युतको विल तिर्न, पानीको विल तिर्न, मोवाइल व्यान्किङको तर्फबाट पैसा ट्रान्सर्फर तथा हरेक डिजिटलाइज काम घरमै बसी गर्नसक्ने गरी वित्तीय साक्षर हुन थालेका छन् ।

डिजिटल फाइनान्सको माध्यमबाट महिला कृषक सशक्तीकरण परीयोजना समुन्नति डिजिटल फाइनान्स वित्तीय शिक्षा र डिजिटल साक्षरता तालिमबाट महिला डिजिटल च्याम्पियन बन्न थालेका हुन् । आइतवार समुन्नति परियोजना मार्फत् वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेको सिम्ठाना विद्युतीय वित्तीय साक्षरता कक्षाको अनुगमनका क्रममा साक्षरता तालिमका सहभागी महिलारुले वित्तीय साक्षरता तालिमले आफुूहरूलाई मौसमबारे जानकारी लिनेदेखि हरेक कार्य घरमै बसी गर्न सक्ने भएकाले समय र खर्च हुने आर्थिक कुरामा बचत गर्न समेत आफूहरू सक्षम भएको बताएका छन । २०८१ कार्तिक ११ गतेदेखि सुरु भएको साक्षरता तालिमको प्रशिक्षकमा महिला डिजिटल च्याम्पियन अन्जु चौधरी चौधरी रहेकी थिइन् । वित्तीय साक्षरतामा २० जना महिलाको सहभागीता रहेको थियो ।

वित्तीय साक्षरता कक्षाको अनुगमन दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, गाउँपालिका अध्यक्ष पिमा वली खड्का, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले गरेका थिए । अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले वित्तीय साक्षरता कक्षामा सिकेका कुरालाई दैनिक जीवनमा लागु गरी अगाडि बढ्न आग्रह गरे । अध्यक्ष गिरीले केही सिप सिकेर आत्मनिर्भर हुन चाहने महिला समूहका लागि आफूहरूले सिक्न चहाने सिपको नामसहित माग गरे बजेट विनियोजन गर्न आफू प्रतिबद्ध रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले अहिलेको प्रविधिको युगमा प्रविधिमैत्री बन्न अपरिहार्य रहेको बताइन् । बचत गरेको समय र खर्चलाई व्यावसायिक उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो । दंगीशरणमा ४६ वटा वित्तीय कक्षा मार्फत् ९५० जना सहभागीलाई डिजिटल साक्षर बानाइएको समुन्नति परियोजनाका सयोजक लक्ष्मण विष्टले बताए । परियोजनाले २३७ डिजिटल च्याम्पियनको घरमा निःशुल्क ईन्टरनेट जडान गरिएको समेत विष्टले बताए ।