तुलसीपुर, ४५ बैशाख । तुलसीपुर उपमहानगरपालिकामा बालबालिकाको पोषण स्थितिमा सुधार हुदै गएको जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।
उपमहानगरपालिकामा साढे नौ हजार बढी ५ बर्ष मुनिका बालबालिकाको मध्य पाखुराको जाँच (मुआक) प्रविधिबाट पोषण स्थीतिको जाँच गरिएको छ । पालिकाका ९ हजार ५ सय ९४ जना ५ वर्ष पोषण स्थीति जाँच गरेकोमा २ सय ६८ जना अर्थात् ३% कुपोषित बालबालिकाको पहिचान गरि जसमा ६ जनामा अति शीघ्र कडा कुपोषण देखिएको पोषण फोकल पर्शन विमल केसीले जानकारी दिए ।
हालसम्म ३१ जनाको ९ वटा बहिरङ्ग उपचार सेवा केन्द्रबाट उनीहरुको उपचार भई रहेको छ । तुलसीपुरको वडा नं. १, ४,८ वडा नंं ,१०,११,१३, वडा नं. १५,१७,१९, र वडा नं. ९ नम्वरमा रहेको स्वास्थ्य संस्थाहरुमा बहिरङ्ग उपचार सेवा केन्द्र सञ्चालन गरेको केसीले जानकारी दिए ।
उनका अनुसार अति शीघ्र कडा कुपोषण देखिएकाहरुलाई केन्द्रमा राखेर उपचार गरिएको बताए । ‘हामीहरुले साउन देखि कार्यक्रम सञ्चालन गरेका थियौ केहिको सुधार भएको छ भने केहि उपचारमै हुनुहुन्छ – केसीले भने ।’ सामान्य गाउँघर खोप किल्नीकमा बालबालिकाहरुको पोषण वृद्धिको अनुगमन गर्ने र खानपीन आहारको कुराहरुको विषयमा परामर्श समेत दिएको उनले बताए ।
त्यस्तै १ हजार ३५० प्याकेट सुपर सेरेल प्लस पोषिलो पिठो वितरणका साथै पोषिलो पिठो तथा पोषण स्वास्थ्य परामर्श सेवा बाट ८८% निको भएको केसीले बताए । १२ % अझै उपचारमा रहेको अबस्था रहेको छ । औसत मासिक रूपमा स्वास्थ्य संस्थामा गई वृद्धि अनुगमन गर्ने संख्या गत वर्ष ६ प्रतिशत भएकोमा हाल सम्म ३ प्रतिशतले वृद्धि भएको उनले बताए । त्यस्तै स्वास्थ्य संस्था मार्फत हाल सम्म १० हजार ५०६ जना बालबालिकाको वृद्धि अनुगमन गरिएको ।
जुकाको औषधी र भिटामिन ए सतप्रतिशत बालबालिकालाई महिला स्वास्थ्य स्वयंमसेविका मार्फत खुवाइएको र बिद्यालय जाने १६ हजार ६४३ जना किशोरीलाई २६ हप्ता सम्म आइरन चक्की बिद्यालय स्वास्थ्य शिक्षक मार्फत ख्वाइएको स्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ । १हजार ५२३ जना गर्भबती तथा २ हजार १८२ जना सुत्केरी महिलाहरुलाई स्वास्थ्य संस्था मार्फत आइरन चक्की वितरण, गत वर्ष ६२ प्रतिशत पूर्णस्तनपान गराइएकोमा यस वर्ष हालसम्म ८० प्रतिशतमा पुर्याइएको फोकलपर्शन केसीले जानकारी दिए ।
त्यसैविच पोषणमार्फत जीवन रूपान्तरण परियोजना कार्यक्रम मार्फत पालिका स्तरीय सरोकार वाला हरुसंग वैठक तथा समिक्षा कार्यक्रम तुलसीपुर सम्पन्न भएको छ । बेस संस्था दाङको आयोजना तथा तुलसीपुर उपमहानगर पालिकाको समन्वयमा भएको कार्यक्रममा पालिकालाई पोषण मैत्री पालिका बनाउन तथा स्वस्थ , चनाखो, दरिलो तथा सक्षम बालबालिका निर्माण गर्न सबै पक्षको सहकार्यमा वडा स्तरका योजनामा समेट्नु पर्नेमा जोड दिएका थिए ।
सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षतमा भएको कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले आगामी वर्षमा पोषण सुधार कार्यक्रमलाई प्राथमिकता दिने बताए । उनले सडक, पुल, सिँचाई लगायतका भौतिक पूर्वाधारको कामलाई मात्रै विकास भन्ने प्रवृत्तिका कारण स्वास्थ्यमा अपेक्षाकृत रुपमा बजेट नपरेको बताउँदै मेयर खड्काले वडालाई पनि चालु आर्थिक वर्षका लागि बजेट व्यवस्थापन गर्न निर्देशन दिए ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत केशबराज पार्धे, बेस संस्था दाङका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरी,जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले आफ्नो धारणा व्यक्त गरेका थिए । उक्त कार्यक्रममा सम्पूर्ण वडाका अध्यक्ष,प्रतिनिधि ,सरोकारवाला निकायका प्रमुख प्रतिनिधि ,पत्रकार लगायतका को उपस्थिति रहेको थियो कार्यक्रमको सहजिकरण जन स्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत तथा पोषण फोकलपर्सन विमल केसीले गरेका थिए ।
साथै समग्र कार्यक्रमको प्रस्तुति परियोजनाका सुरेश चौधरीले गरेका थिए । त्यसैविच तुलसीपुरस्थित वार्ड नं ९ मा कुपोषित बालबालिकाहरूको बहिरङ्ग उपचार सेवा केन्द्र (ओटिसी) बाट सेवा शुभारंभ भएको छ। मध्यम शीघ्र कुपोषण र अति शीघ्र कुपोषित बालबालिकाहरूको अब सुपर सिरेल प्लस र आरयूटिएफबाट उपचार गर्न टाढा जानु पर्ने बाध्यताको अन्त्य भएको वडा नं ९ का अध्यक्ष घनश्याम ढकालले बताए ।
साथै यो हप्ता विद्यालय स्वास्थ्य पोषण सप्ताह कार्यक्रम अंतर्गत विद्यालयमा पोषण स्वास्थ्य सम्बन्धी विभिन्न गतिविधि हरु सञ्चालनमा रहेको र स्वास्थ्य कार्यालय दाङ बाट जुकाको औषधी प्राप्त भएमा सबै विद्यालयका स्वास्थ्य शिक्षकहरुलाई अभिमुखिकरण गरी कक्षा १ देखि १२ सम्मका करिब ५५ हजार भन्दा विद्यार्थीहरुलाई जुकाको औषधी खुवाउने र पोषण स्वास्थ्य सम्बन्धी जन चेतना गराउने कार्यकम रहेको जानकारी गराइएको थियो।