पैसा कमाउनेभन्दा सेवामा ध्यान पुगोस् : उपप्रमुख डिसी

सूर्य बिसी
दाङ,४ जेठ । घोराही उपमहानगरपालिका–१५ मा प्राइमफेस मल्टिपरपोज प्रालि सञ्चालनमा आएको छ । प्रालिको आइतवार घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले उद्घाटन गर्दै पैसा कमाउने भन्दा पनि सेवामा ध्यान दिन सुझाव दिएकी हुन ।

‘धेरै जसो कम्पनीहरुको ध्यान पैसा कमाउनेमा मात्र देखिन्छ । तर यो कम्पनीले मानिसहरुलाई खुसी बनाएर काम गरोस्’,उपप्रमुख डिसीले भनिन,‘पैसाभन्दा सेवामा ध्यान देओस् । संस्था फलोस् फुलोस् ।’

प्राइमफेस मल्टिपरपोज प्रालीले कम खर्चमा गुणस्तरीय सेवा दिँदै आएको बताउँदै संस्थाका प्रवन्ध निर्देशक विक्रमबाबु केसीले भने, ‘हाम्रो कम्पनीले जनताको आवासदेखि पुल, मन्दिर, साना ठुला सबै खाले आयोजनाको डिपिआर निर्माणदेखि समयभित्रै गुणस्तरीय काम सम्पन्न गर्दै आएको छ । हामी जनताको सेवा र सुरक्षामा बढी केन्द्रीत हुनेछौँ ।’

घर निर्माण अघि माटोको परिक्षण, नकारात्मक माटोको बास्तुअनुसार उपचार, मुल्याङ्कन, आयोजनाहरुको डिपिआर निर्माण, नक्साको टुडी तथा थ्रिडी डिजाइनदेखि वैज्ञानिक बास्तु सेवा उपलब्ध हुने प्रवन्ध निर्देशक केसीले बताए । प्रधान कार्यालय तुलसीपुर रहेको यस कम्पनीको दोस्रो शाखा कोहलपुर रहेको छ भने घोराहीको तेस्रो शाखा भएको बताइएको छ ।

उद्घाटनकै अवसर पारेर उक्त कम्पनिले टेरौटेस्थित बृद्धाश्रम, नारायपुरस्थित मानव कल्याण समाज र तुलसीपुरस्थित मावन सेवा आश्रममा खाजा वितरण समेत गरेको जनाएको छ ।