भूपेन्द्र सुवेदी
नेपालका ख्याति प्राप्त इतिहासकार, साहित्यकार, राजनीतियज्ञ, महामानव विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो राजनीतिक विचार राख्नुभएको छ कि ‘आम नागरिकको पक्षमा राजनीति गर्दा उचित निर्णय गर्नका लागि कुनै महामानव हुनु पर्दैन, तपाईंहरु इमानदार हुनुहुन्छ, अलिकति अनुभव छ र इमानदारीपूर्वक निर्णयक हुनुहुन्छ भने त्यो निर्णय उचित र सुझबुझको निर्णय हुन्छ ।’ साथै उहाँले हाम्रा राजनीतिज्ञहरुसँग जो भन्दाखेरि मलाई दम्भी भन्दछन् । तातै खाऔँ जली मरौँ जस्तो गर्छन् । तिनीहरु अहिलेको प्राप्ति मात्र सोच्छन् कुनै लामो अवधिको कुरा सोच्न सक्दैनन् । तर मभन्दा बुद्धिमान मानिसहरु छन् देशमा, भन्नुभएको मैले उहाँको राजनीतिक इतिहास पढेर बुझेको छु ।
अझ वीपीको बारेमा बुभ्mदै नबुझेकाहरुको लागि यहाँका नेताहरुले म यति वर्ष जेल बसेँ, उति वर्ष जेल बसेँ भनेर अब मेरो पालो भनिरहँदा उदेक लाग्छ । जसमा वीपीका पिता कृष्णप्रसाद कोइराला समेत उहाँहरुको परिवारै देश निकाला गरी सर्वश्व हरण गरी राणाहरुले उहाँलाई जन्मकैदको सजाय समेत दिएको थियो । यस्तो कष्ट भोगेका वीपीले कहिल्यै पनि मेरो पालो भन्ने गरेनन् ।
राजनीतिमा निःस्वार्थ भावनामा प्रजातन्त्रको लागि राणाहरुको विरुद्ध नेपालमा प्रजातन्त्र ल्याउने लडाईमा अग्रपंक्तिमा रहेर एउटा इतिहास कायम गर्ने योद्धा केवल वीपी मात्र हुन् । जेजति पार्टीमा रहेका नेताहरुले आफूहरु प्रजातन्त्र प्राप्तिको लागि जेल–नेल परे उनीहरु सबैले राजनीतिक पीडितको नाउमा प्रजातन्त्र प्राप्तपछि ०४६ पश्चात आफैले निर्णय गरेर राजनीतिक पीडितको नाउमा भागबण्डाको आधारमा राज्यबाट आर्थिक लाभ लिइसकेका छन् । त्यसैले नेताहरुले आज पनि मैले केही पाइन भन्दै आफनो र आफ्नो झोलामा भर्ने तथा जनताको पक्षमा कुनै उल्लेख्य काम गर्न लायकको रहेनन् र काम पनि गरेनन् ।
हामीले धेरै पहिलेका राजनीतिक विशलेषकहरुको कुरा गर्दा र सुन्दा निकै सोचनीय, घतलाग्दो र उचित निष्कर्षमा बोलेको लेखेको बहसमा सुन्ने र बुभ्mने अवसर पनि पाएका छौँ । कोरोना भाइरसको विश्वव्यापी आतंकले गर्दा हाम्रा पुर्खाले हामीलाई सिकाएका मार्गदर्शन आजको समयले निकै अवसर पाएको महशुस गरेका छौँ । हामीले संस्कार, संस्कृति, धर्म, कर्म, सबै मेटेर आमा बाबु भन्ने नाता समेत पश्चिमाको सिको हामी आप्mना नानीबाबुहरुलाई सिकाएको फल आज पाउँदै छौँ । अझ के–के पाउने हो यो भोग्न बाँकी छ । भोलि छोराछोरी विदेशबाट नफर्किने हो भने हाम्रो अन्तिम अवस्था के हुने होला ? समयमै सोचौँ ।
राज्य सञ्चालनमा स्थापना गरिएका २०१७ सालसम्म महामानव वीपी कोइरालाको नेतृत्वमा सञ्चाल भएको राज्य सञ्चालक सफल थियो । र त उहाँको इतिहास बनेको हो । २०१७ सालदेखि यता २०४७ सम्मको लिडरसिप आम नागरिकको पक्षमा र आफनो अधिकार मात्र नभएर कर्तव्यको पक्षमा सञ्चालन हुदै आएको थियो । त्यो बेलाको न्यायालय, गृहप्रशासन, सैनिक क्षेत्रमध्यको सुरक्षा निकाय प्रहरी प्रशासन, राज्यको कार्यकारी प्रमुख तथा देसका प्रधानमन्त्री, रक्षामन्त्री, नेपालको गुप्तचर, नेपालमा स्थापना गरिएका विभिन्न मन्त्रालय, मातहतका देशैभरि स्थापित स्थानीय कार्यलय प्रमुखहरुको नेतृत्व, लिडरसिप, कमाण्ड कन्ट्रोलको विधि र आम नागरिकको मनमनमा भिजेको थियो भन्दा फरक नपर्ला । किनभने आजको लथालिङ्ग र भताभुङ्गको अवस्थामा हाम्रा आजका बुबाभन्दा हजुरबुबाहरुनै सक्षम थिए ।
आजको राज्य सञ्चालकमा रहेको नेतृत्ववर्ग र राज्यले आ–आप्mनो क्षेत्रमा दिएको जिम्मेवारीमा रहेका व्यूरोक्रेसी त्यसमा रहेको नेतृत्ववर्गहरुले आप्mनो कर्तव्यलाई राजनीतिक पार्टीको नेताहरुको झोलामा बोकेको कारण कर्मचारीको आलोचना गर्न सबै वाध्य छन् ।
नेपालमा २०४६ सालको जनआन्दोलनपछि प्राप्त बहुदल पश्चात आम जनता चयनसँग बस्न र बाँच्न पाउने छन्, नेपालको संवैधानिक व्यवस्थाले गरिब, भूमिहीन, सुकुमबासी, जनाताको लागि छुट्टै व्यवस्था आउँछ र गरिखाने अवसर प्राप्त हुन्छ भनिएको थियो । तर त्यो व्यवस्था पनि कुनै नेतृत्वले गहन जिम्मेवारीपूर्वक काम गरेर आम जनताको पक्षमा भलो हुने, राष्ट्रियता बलियो हुने र छिमेकीले नेपालको भूमिमा धावा बोल्दा उसँग जुधेर आफनो भूमि फिर्ता लिने आँट कसैले गरेनन् र गर्न सकेनन् । यो अवधिमा २०४७ देखि यताका करिब तीन दर्जन प्रधानमन्त्रीहरुले राज्य सञ्चालन गरेको इतिहास साक्षी छ । नेपालमा २०४७ सालमा प्रधानमन्त्री स्व.कृषणप्रसाद भट्टराईले घोषणा गरेको संविधान लागू भएको वर्ष दिन पनि नबित्तदै आफ्नै दलको विरोधले अविश्वासको प्रस्तावले गर्दा भट्टराईलाई अपदस्थ गरायो । त्यसपछि गिरिजाप्रसाद कोईरालाले त्यो पद पाए । आफ्नै पार्टीको सरकार ढाल्ने रोग २०४७ सालदेखि नै ऐजेरुको रुपमा झाँगिएको इतिहास छ र आज ओली सरकारको हविगत त्यही रोग एउटा रुप हो ।
नेपालमा ३० वर्ष पञ्चायतले राज ग¥यो । पञ्चायतले यो–यो काम जनताको पक्षमा सम्झनलायकको ग¥यो भन्ने ऐतिहासिक कुनै कार्य गरेको इतिहास छैन । २०४६ देखि ०६२÷०६३ सम्म खाली ६ महिना, ९ महिना तानातान र हानाहानको पारामा सरकार ढाल्ने र सरकार बनाउने खेल मात्र भयो । जुनबेलाको राजनीति भारतले ह्याण्डलिङ गरिरहेको थियो । जसले गर्दा नेपालका दाजुभाइको लडाई हुने, काटमार गर्ने, वित्तण्ड मच्चाउनेको गरेको स्थिति थियो । तिनै जामात अहिले राजनीतिक विज्ञ कहलाउँछन् । तर गाउमा जाँदा अझ राम्रोसँग पानी समेत माग्नसक्ने हैसियत उनीहरुमा छैन । किनभने द्वन्द्वको अवस्थामा तत्कालीन माओवादीले विछ्याएको बम विष्फोर्टले रोलपाको त्रिवेणी गाउँपालिका वडानं ७ दुम्लाखोलाका ४ जना गाई÷बाख्रा चराउन गएका बालबालिकाको मृत्यु भएको छ । यो पनि आम नागरिकले मुस्किलले भुलेको घाउ यो घटनाले फेरि चिर्कायो । यो हो राजनीतिक लिडरसिपहरुको लापरबाही र जवर्जस्तीको व्यवहार, जसले गर्दा फेरि नागरिकलाई अर्को झट्का लाग्न पुग्यो ।
हामी ७÷८ वर्षका थियौँ होला । २०१५ सालमा नेपाली कांग्रेसको नेतृत्वमा महामानव वीपी कोइराला पहिलो आम निर्वाचनमा विजयी भएर प्रधानमन्त्री भएको, जनताको अवस्था कस्तो छ र के–के गर्नुपर्ने हो भनेर बुभ्mनका लागि राजा महेन्द्र तारेघोडा चढेर घोडाको सवारमा नेपालको सम्पूर्ण जिल्ला भ्रमण गरेको हामीले रेडियो नेपालमा समाचार सुनेका थियौँ । समाचारमा भनिएको थियो कि महेन्द्र राजा फल्नो ठाउँमा आउँदै छन् भेट गर्न जाने भनेर गाउँका ठालु मुखिया, जिम्मालहरुको लर्को आ–आफनो पञ्चायतको निश्चित स्थानमा राजा महेन्द्रलाई भेटन गएको हाकी भर्खर कखरा पढ्ने स्कूल जाँदा सुनेका थियौँ । त्यस्तो संकटको बेला काठमाडौंबाट देशका सबै जिलामा एउटा घोडाको सवारीमा देश दौडाहामा भ्रमण गर्न र त्यहाँका जनताको र जिल्लाको स्थिति बुभ्mन स्वयम् राजा निस्किएको पुरानो इतिहासको लेखहरु आज पनि पढ्न पाइन्छ । तर आजका नेताहरुले कोरोना भाइरसको आपतमा परेका आम नागरिकले सरकारलाई आफनो बाबुआमा सम्झिएका छन् । विदेसमा रहेकाको त्यहीँ गुनासो छ, स्वदेशमै छिमेकी भारतबाट आएर आगनमा आइपुग्दा आफनो देश छिर्न नपाएर नाङ्गै, भोकै रोएका छन् । किन वास्ता गर्दैनन् नेपालका नेताहरुले ? यस्तो अवस्थामा काठमाडौं बसेर तमासे भएको सरकार आजसम्म कुनै थिएन भन्ने आम नागरिकको जनगुनासो छ । राजा महाराजाहरु बरु जनताको घरदैलोमा पुगेको इतिहास छ र नेपालका राजनीतिक नेतृत्व लिडरसिपको कार्यशैली निकै कम्जोर छ आज नेपालमा ।
यसैलाई भनिन्छ कुनै पनि संरचनाका लागि नेतृत्व, लिडरसिप राम्रो भएन भने त्यो संरचना सधैंको लागि आलोचित रहन्छ । जस्तै आजको न्यायलयका न्यायमूर्तिहरु, सुरक्षा निकायमा रहेको कमाण्डर तथा नेतृत्वहरु, नेपालको गृहप्रशासनको अवस्था, सैनिक सेवाको अवस्था, प्रदेश सरकारको नेतृत्वको अवस्था, स्थानीय सरकारको नेतृत्वको अवस्था खाली राजनीतिको पेरिफेरिमा घुमाइएको छ । जुन–जुन क्षेत्रको लिडर तथा नेतृत्ववर्ग खाली आफनो स्वर्थको लागि नेताहरुको पिछलग्गु भएको कारण आ–आप्mनो विवेक गुमाए र अर्काको इसारामा हिड्दाको अवस्थाले सबैलाई नागरिकको सामू तुच्छ देखाउन वाध्य पारिएको छ । त्यसैले नेपालको राज्य सञ्चालकहरुको लिडर सिप र नेतृत्व निकै काजोर रह्यो ।