तुलसीपुर, २१ बैशाख । तुलसीपुर उद्योग बाणिज्य सघंले आफ्ना अपाङ्ग सदस्यलाई राहत प्रदान गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१९ मा घर भई घोराही रोडमा रहेको समिर फेन्सी पसलका सञ्चालक गीता बुढालाई उनको घरमै पुगेर नगद २५ हजार सहयोग गरेको हो ।
क्यान्सर भएपछि उनको दाया खुट्टा काटिएको हुदा हाल बुढा घरमै बस्न बाध्य रहेकी छिन् । बुढा दम्पत्तिको आइतवार परेको बैबाहिक बर्ष गाठको अबसर पारेर तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष बिरु रावतको नेतृत्वमा केकसहितको टोली घर आएको देख्दा बुढा दम्पत्ति मात्रै हैन परिवारमा खुशीयाली छाएको थियो ।
बुढा दम्पत्ति तुलसीपुर उद्योग बाणिज्य सघंको दुबै जना सदस्य रहेका छन् । ‘हामीले यस्तो बेला सानो सहयोग गर्न पाउदा अभिभाबकत्व बहन गरेको जस्तो अनुभब भएको छ’ अध्यक्ष रावतले भने । बिबिध कारणले घरसम्म आउन केहि ढिला भयो तर संस्थागत र ब्यक्तिगत रुपमा थप सहयोग गर्न पनि तयार रहेको उनको भनाइ रहेको थियो ।
कलडाउनका कारण बुढा परिवार जस्तै धेरै सर्ब साधारणलाई सास्ता ब्यहोर्नु परेको भन्दै अध्यक्ष रावतले आफ्ना सदस्यहरुलाई माझ बिहानको छाक टार्न समस्या भएको भए बाणिज्य सघंको सचिवालयमा सम्पर्क गर्ने समेत आग्रह गरे । सो अबसरमा पूर्व अध्यक्ष बिमल रिजाल सहितको सहभागिता रहेको थियो ।