बालाराम खड्का
तुलसीपुर, २२ वैशाख । वैशाख महिनामा भएको वर्षाले सर्वसाधारणदेखि किसानलाई राहत महसुस गराएको छ । जिल्लाका सबै स्थानमा आइतवार भएको वर्षाले सर्वसाधारणलाई शीतलतासँगै किसानलाई खेतीका लागि सहज भएको छ । जिल्लामा भएको वर्षापछि किसान खुसी भएका छन् । केही दिन पहिले छिटफुट वर्षा भए पनि आइतवार जमिन भिज्ने गरी वर्षा भएको किसानले बताएका छन् ।
प्रचण्ड गर्मी हुने समयमा वर्षा भएपछि खेतीबाली सप्रिने, विभिन्न कारणले बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी तथा डढेलो नियन्त्रणमा आउने भएपछि किसान खुसी भएका हुन् । ‘मकै खेतीका लागि उपयुक्त वर्षा’ गरे । यसैगरी अन्य किसानले पनि पिँडालु,अदुवा, बेसार रोप्ने समयमा वर्षा भएकाले समयमै खेती हुने भन्दै खुसी व्यक्त गरे । वसन्ते मकैखेतीका लागि र मकै छर्ने समयमा भएको वर्षाले किसानलाई राहत मिलेको कृषि विज्ञ बताउँछन् ।
कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले यो वर्ष वैशाखमा वर्षा भएकाले मकै बालीलाई फाइदा पुगेको बताए । उनले यो समय मकैदेखि नगदे बाली अदुवा, बेसार रोप्ने उपयुक्त समयमा वर्षा भएको बताए । ‘असिना परेन भने मकै, तरकारीलाई फाइदा पुग्छ’, लामीछानेले भने । उनले वैशाखमा मकै लगाउँदा उपयुक्त हुने भन्दै लामो खडेरीका कारण जेठसम्म मकैमा किरा लाग्ने सम्भावना हुने भन्दै जेठमा पनि वर्षा हुने सम्भावना भएकाले मकैखेतीका लागि उपयुक्त समय भएको बताए ।
‘नगदे बाली अदुवा, बेसारसँगै मकै रोप्दा पनि राम्रो हुन्छ, यतिबेला छरेको मकै समयमै उत्पादन दिन्छ र उत्पादन पनि राम्रो हुन्छ’, लामिछानेले भने । उनले जेठसम्म मकै रोप्ने समय भए पनि वैशाखमै वर्षा भएकाले यो समयमा छरेको मकै असार अन्तिमसम्म हुर्कने बताए । उनले अरुण–२ लगायतका मकै यो समयमा छरे त्यसको उत्पादन समयमै हुने र त्यही जमिनमा धान खेती गर्न सकिने बताए । ामिछानेले हाइब्रिडभन्दा किसानलाई उन्नत जातको मकैखेती गर्न लामो समयपछि वर्षा हुँदा बाँझो जमिन खनजोत गर्न तथा अदुवा, बेसारलगायतका विभिन्न बाली लगाउन सहज भएको किसान मनिराम केसीले बताए ।
जिल्लामा वर्षा भएपछि किसानले लगाएका मकै बाली र तरकारी खेतीमा फाइदा भएको तथा अदुवा, बेसारलगायतका खेतीहरू गर्न सहज हुने किसान बताउँछन् । यो समय मकै खेतीदेखि अदुवा, बेसार, पिँडालुलगायतको खेती गर्ने समय हो । ‘पानी आवश्यक भएको बेला पानी परेर मकैलाई राहत मिलेको छ’, किसान परविर चौधरीले भने । उनले वसन्ते मकैखेती गरेको र समयमै पानी परेका कारण
मकैखेती उत्पादन बढ्ने भन्दै खुसी व्यक्त
सुझाव दिए । उनले रामपुर–१० कम्पोजिट लोप हुँदै गएको भन्दै त्यसको खेती बढाउनुपर्ने बताए । यसैगरी अरुण–२, अरुण–४ लगायत नेपालमै उत्पादन भएका उन्नत जातका मकै बाली लगाउन उनले किसानलाई सुझाव दिए । ‘नेपालमै उत्पादन भएका उन्नत जातका मकैको खेती गर्दा राम्रै हुन्छ, यसको दाना राम्रो लाग्छ, खानमा स्वस्थ्यवर्धक हुन्छ’, लामिछानेले भने ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारीसमेत रहेका लामिछानेले दाङमा वर्षेमकै खेती १७ हजार सात सय ३५ हेक्टर, वसन्तेमकै छ हजार छ सय ६४ हेक्टर, हिउँदे मकै चार सय ९८ हेक्टरमा खेती हुने गरेको बताए । यसैबिच कृषि विज्ञ माधव केसीले उन्नत जातका बिउविजनमा गुणस्तरीयता कायम गर्न नसक्दा किसानको रोजाइँ हाइब्रिड जातमा रहेको बताए । उनले नेपालमा उन्नत जातको बिउविजनप्रति किसानको आकर्षण बढाउन सरकारले राहत तथा मार्केटिङ गर्नुपर्ने बताए । ‘मकै होस् या अन्य बिउविजनमा किसानको रोजाइँ हाइब्रिडमै जान्छ, हाइब्रिड महँगो भए पनि त्यसकै खोजी हुन्छ’, उनले भने ।