खेमराज रिजाल
हाम्रो यात्राको अन्तिम बिन्दु चुम्न हामी रारा पारीको होमस्टेमा बिहानै ब्युझियौँ । सबैलाई ब्युझाइउरी होमस्टे र राति खाएको च्याङ्ग्राको हिसाब किताब गर्दा हामीलाई त्यो रात अलिक महङ्गो भयो । झोल पदार्थ बाहेक करिब साढे ११ सय रुपैयाँ । महङ्गो लागेन । हामी आ–आफ्नो पैसा तिरेर करिब आधा घण्टाको पैदल यात्रापछि रारा किनारामा पुग्यौँ ।
त्यही त रहेछ हामीहरूले मनमनमा सजाएको रारा । सपनाको रारा । कर्णालीको रारा । मुगुको रारा । होइन होइन यो त मेरो रारा । त्यो रारा मेरो थियो, मेरो मुटुको थियो, अनि हिमाली हार्दिकता बोकेको थियो । राराले हामीलाई हतार हतार बिचमै बोलाए जस्तो लाग्थ्यो । तर, पनि हामीले फोटो सुटका लागि केही समय रारा किनारालाई छुट्टयायौँ । करीब दुई घण्टा हामी रारा किनारामा एक अर्काबिच हरायौँ ।
पन्ध्रजनाको टोलि तीन समूहमा थियौँ । टिकटक, रिल, फेसबुक लाईभ र मोबाइलमा तस्बीर कैद गर्दा गर्दौ हामीलाई समयले डुङ्गामा चढ्न सुझाइरहेको थियो । किनकि रारा तालमा बिहान १२ बजेपछिको डुङ्गा यात्रा अलि असहज हुदो रहेछ । त्यो बेलादेखि रारामा हबा चल्न सुरु गर्दो रहेछ । बोटेका अनुसार दक्षिणतर्फबाट आएको हबाको बेगले कहिले काही त डुङ्गालाई मुगुको गम्गढी नजिकको किनारामा पु¥याइदिँदो रहेछ । कन्ट्रोल गर्न मुस्किल हुन्छ रे ।
भिमकाय रारामा चारवटा मात्र बोट थिए । एउटामा पन्ध्रजना मात्रै अटाउने हामी सबै एउटा डुङ्गामा अटाउन सकेनौँ । दुईवटा डुङ्गाको प्रतिक्षा गर्दा करिब हामीलाई रारा किनारामा दुई घण्टा बिताउनु परेको थियो । बरीबरी धुपीको वन बिचमा निलो रंगको रारा । नेपाली मनको रारा । अर्थात रारालाई मैले अहिले शब्दले वर्णन गर्न सक्दिन । राराको बारेमा यति मात्रै लेखिरहेछु । बाँकी रारालाई मनभित्र लैजान तपाई स्वयम् यहाँ आइदिनु होला । सायद त्यो बेला तपाईहरूले पनि रारा लेख्न सक्नु हुने छैन ।
राराबारे संक्षिप्त जानकारी
हिमालकी रानी रारा । रारा मुगु जिल्लाको छायानाथ रारा नगरपालिका मुगुमा पर्छ । यसको जलाधार क्षेत्र २६ दशमलब ८ वर्ग किमी, रारा तालको परिधि १४ दशमलव ८८ किमी, अधिक्तम गहिराई १६९ दशमलव ९३ मिटर, अधिक्तम लम्बाई ५ दशमलव २ किमी, अधिक्तम चौडाइ २ दशमलव ७ किमी । यो सर्वेक्षण जल चथा मौसम विज्ञान विभाग बबरमहलले विसं २०७९ भदौ १३ गतेदेखि २०७९ असोज १ गतेसम्म गरेको रारा निकुञ्ज स्रोतले बताएको छ । हो यति जानकारी मात्रै राराको छ मसँग ।
हामी पन्चर टालेको त्यो बोटमा करिब ४५ मिनेट यात्रा ग¥यौँ । एकजना बोटेले कन्ट्रोल गर्ने नसक्ने । उ पसिन्यौल भएको देखेपछि हामीले पनि डुङ्गामा रहेको दाविला खियाउन थाल्यौँ, बोटेले दिएको निर्देशनअनुसार कहिले उल्टो कहिले सुल्टो, कहिले दाया कहिले बायाँ गर्दै बोटिङ सुटिङ पनि भ्यायौँ । तस्बीर, भिडिओ अनि डुङ्गा मै नाँचगान पनि चल्यो । अर्थात अधिक्तम रमणीय क्षण बन्यो त्यो ४५ मिनेट ।
राराको पल्लो किनारा पुगेपछि सल्लेरी बेसक्याम्पका लागि घोडा यात्रा सुरु भयो । साइज अनुसारका घोडा जोहो गरी हामी बेसक्याम्पमा आइपुग्यौँ । खानाखाइउरी हाम्रो अबको गन्तव्य जुम्लाको थियो । त्यो साँझ हामी जुम्ला पुग्न भ्याएनौँ । हाम्रँो त्यो रात कालिकोटकै उही नाग्ममा । सायद हामी साता दिनको यात्रामा दोहो¥याएर रात बिताएको त्यही नाग्म हो । बिहानै उठीउरी हामी जुम्लाको सदरमुकाम यात्रामा । त्यहाँ हामीलाई जिल्ला समन्वय समितिको टिमले प्रतिक्षा गरिरहेको थियो ।
नाग्माबाट जुम्ला छिर्दै गर्दा परिदृश्य धेरै फरक थियो । कालिकोटमा ढुंगै ढुंगा, जुम्लामा कालो माटो । कालिकोटमा भिरैभीर, जुम्लामा तिला नदी किनारैभरी ठुलाठुला खेतीयोग्य फाँट । लहलह जौ पाक्नै थालेको थियो । लहलह गौं पसाउन थालेको थियो । गराका बिचबिचमा धानको ब्याड राख्ने तयारी थियो । किसानहरू ब्याड मिलाउँदै गरेको देखिन्थ्यो फाँटहरूमा । हामी जुम्लाको मनोराम दृश्य हेर्दै तातोपानी पुग्यौँ । बस रोकियो । हामी नुहाउने तयारीमा तप्त कुण्डतर्फ लाग्यौँ । तालोपानीमा नुहाइउरी हामी फेरि हाम्रो गन्तव्य जुम्लातर्फ लाग्दै छौँ ।
तातो पानीमा नुहाएपछि कुलबहादुरको डर भागिसकेको छ । बिमलाको घाडाबाट लडेको दुखाइ कम भइसकेको छ । चेतना, दुर्पती, हरिदेवी, सरस्वती र जुनु पनि तातोपानीमा नुहाइसकेपछि निकै उत्साहित देखिन्थे । तातो पानीमा सिमि अण्डाको नास्ता खादै म र सहयात्री सौभाग्य बुढाथोकी एउटा होटलमा नुहाएर आउनेलाई कुरीरहेका थियौँ । नाग्ममा पचास रुप्पे पर्ने अण्डा तालोपानीमा पच्चीस रुपैयाँमा कसरी ? सौभाग्यले सस्तो भन्दै दुईवटा अण्डा लिए । तातोपानी स्नान पछि हामी जुम्ला सदरमुकामतर्फ लम्कियौँ । सुरुको हाम्रो जुम्ला दर्शन चन्दननाथ मन्दिरबाट सुरु भयो । चन्दननाथ मन्दिर कर्णाली कै महत्वपूर्ण ऐतिहासिक एवम् पुरातात्विक मन्दिर पनि हो । त्यसपछिको हाम्रो यात्रा भने जुम्लाको अर्गानिक सहकारी पसलमा ।
जुम्लामा दशहजार सदस्य रहेको जुन सहकारीबारे हामीले बुझ्यौँ । सहकारीका सदस्यहरूले कर्णालीका स्थानीय उत्पादनहरू सङ्कलन गरेर बजारीकरणका लागि सहकारी संस्था स्थापना भएको रहेछ । स्थानीय किसानले उत्पादन गरेका जुम्लाका अर्गानिक खाद्यान्नहरू बेच्नका लागि नेपालभर चारवटा पसलहरू पनि खुलेका रहेछन् । पसलको नाम चन्दननाथ अर्गानिक कृषि सहकारी पसल । हामी पन्ध्रैजना त्यो पसलमा छि¥यौँ । आहा त्यो पसल !
जुम्लामा उत्पादित हरेक खाद्यान्न, हरेक जडिबुटी । हामीले त्यहाँ इच्छा अनुसारका सामाग्री खरिद ग¥यौँ । नो बार्गेनिङ, सहकारीको विशेषता । सहकारीलाई उत्पादन र बजारीकरणमा जोड्नु अर्को विशेषता । किसानलाई उत्पादनका लागि पनि सहुलियत ऋण प्रदान गर्दोरहेछ सहकारीले । त्यो सहकारी सुप्रम सहकारी जस्तो थिएन । त्यो सहकारीका सञ्चालकमा जिवि, छवी र रविको जस्तो चरित्र छैन । सहकारीको रकम दुरुपयोग भएको छैन । संकास्पद ऋण सहकारीको परिकल्पना बाहिर ।
त्यो सहकारी हाम्रो एक घण्टाको सपिङ सेन्टर बन्यो । यात्राभर हामीले किनेको भनेको त्यही सहकारीमा मात्रै हो । कसैले काबुनोको प्याकेट छानिरहेका थिए, कसैले स्याउका चाना, कसैले दाँते ओखर, कसैले तीने फापर त कसैले रातो मार्सि र कालोमार्सीमा आँखा अड्याइरहेका थिए । हामी पन्ध्रजनाले त्यो पसलमा एक घण्टाको अवधिमा करिब पौने लाखको व्यापार गरिदियौँ ।
बिहानको ११ बजिसकेको थियो । जुम्ला समन्वय समितिका प्रमुख गौरीनन्द आयार्चले हामीलाई पटक–पटक कहाँ आइपुग्नु भो भनेर लगातार फोन गरिरहेका थिए । त्यो दिन बिहानको खाना हामीले पाहुना छाक खायौँ । हामीलाई अतिथि सत्कार गर्ने जुम्ला जिल्ला समन्वय समिति थियो । हामी जुम्ला सदरमुकामको दौतरी होटलमा खानाखाइबरी जिल्ला समन्वय सोझिनु अघि नै कार्यालय सहयोगी हामीलाई लिन होटलसम्मै पुगेका थिए । करिब दश मिनेटको पैदाल यात्राका क्रममा उनले आफ्नो परिचयसँगै जिल्ला समन्वय समितिको सम्पूर्ण नालीबेली सुझाए ।
त्यसपछिको हाम्रो यात्रा ब्याक टु होमतर्फ केन्द्रित भयो । तैपनि यात्राको धित मरिरहेको थिएन । हामीले फर्कने बेला हेरौँला भनेर छाडिएका दैलेखका दृश्यहरू हेर्नु । जुम्लाबाट फर्केर कालिकोटको मान्ममा बसेपछि अर्को दिन हामी खाना खान दैलेख पुगिसकेका थियौँ । खाना अघि नै हामीले दैलेखलाई सर्सर्ती नियात्रा ग¥यौँ ।
दैलेखमा रहेको ऐतिहासिक पादुका मन्दिर, जसलाई सतीदेवीको पाउ पतन भएको स्थानका रूपमा पुजिने धार्मिक विश्वास थियो । दैलेख जिल्लाको पन्चकोशीमध्ये पादुका एक हो । त्यसपछि नाभिस्थान, शिरस्थान, धुलेश्वर र तल्लो डुंगेश्वर गरी पाँचवटा अंग पतन दैलेखमै भएको पौराणिक इतिहासमा उल्लेख रहेको पादुकाका पुजारीले बताएका थिए । त्यसपछि हामी दैलेखको सम्भावित पेट्रोलखानी क्षेत्रको अवलोकन गरी अखण्ड ज्बाला बलिरहने श्रीस्थान मन्दिर पनि पुग्न सौभाग्य जुट्यो । त्यसो त दैलेखमा यस्ता अखण्ड ज्वाला बलिरहने अन्य स्थानहरू पनि छन् रे । ती सबै स्थान त हामीले हेर्न भ्याएनौा । तर, श्रीस्थान मन्दिरमा रहेको अखण्ड ज्वालामा भने हामीले फोटो सुट गर्नसम्म भ्यायौँ ।
यात्राको धित मरिसकेको थिएन । हामीले कर्णाली पछि दैलेखमा मध्यपहाडी लोकमार्ग पछ्याउँदै पश्चिम रुकुम, पूर्व रुकुम र रोल्पाको थवाङसम्म पुग्ने इच्छा थियो । तर, मध्यपहाडी लोकमार्ग यात्राकै क्रममा साँंघुरिँदै गयो । जति साँझ छिप्पिँदै थियो । सडक हराउँदै–हराउँदै डाइभर्सनमा परिणत भयो । त्यो रातले हामीलाई फेरि कालिकोटकै कहाली लाग्दो यात्रा सम्झाइदियो । कुलबहादुर र बिमलाको त्रासादीपूर्ण क्षण स्मरण गर्न लाईकको थिए । सौभाग्य र म नबोली उनीहरूको त्रासलाई नियाल्थ्यौँ ।
बल्लतल्ल रातको नौ बजे हामी जाजरकोटको छेडा बजारमा पुगेपछि मात्र हाम्रो कठिन यात्रा समाप्त भएको थियो । त्यसपछि हामी गन्तव्य परिवर्तन गरी पश्चिम रुकुमतर्फ नलागेर यात्राको रुट बदल्दै सल्यान जिल्लाको सल्ली बजारमा बास बस्यौँ । यो हाम्रो यात्रा प्याकेजको सायद अन्तिम रात थियो । त्यसपछिको यात्रा सल्यानको खैरावाङ भगवतीको मन्दिर र छायाँक्षेत्र हुँदै अन्तिम फोटोसुट सल्यानकै शंखमुलमा गरेपछि हामीले सात दिन कर्णाली यात्रालाई सियु भन्दै विदाइ ग¥यौँ । सल्यानमा पनि यात्रा रोमान्चक बन्यो । बारीको ढिकमा काडाले बारेको काफल टिपेर खादाको क्षण होस् वा ऐसेलुको झ्याङ्मा ऐसेलु टिप्दा चिथोरिएको क्षण पनि अविस्मरणीय बने । सि यु रारा, सि यु कर्णाली…..।