दाङ, १५ वैशाख । घोराही उपमहानगरपालिकाले कुक र टेलिकम टेक्निसियन सम्बन्धी नि शुल्क तालिम सञ्चालन गर्ने थालेको छ । युवालाइलाइ सीप प्रदान गरेर आत्म निर्भर वनाउने उदेश्यले यस प्रकारको तालिम सञ्चालन गर्न थालिएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाले इन्स्योर परियोजना मार्फत १० महिनो नि शुल्क कुक र टेलिकम टेक्निसियन तालिम सञ्चालन गर्न थालेको परियोजनाका फोकर्ल पर्सन मोतिराम न्यौपानेले जानकारी दिए । सामाजिक विकास महाशाखाले आइतबार जनप्रतिनिधी तथा सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम गर्दै कार्यक्रमका बारेमा जानकारी दिएको हो । कुकमा २० जना र टेलिकम टेक्निसियनमा २० जना लाइ तालिम प्रदान गरिने उनको भनाइ रहेको छ । घोराही उप महानगरपालिका भित्र स्थाइ रुपमा बसोवार गर्नेले यस प्रकारको तालिममा सहभागिता हुन पाउने भएका छन् ।
तालिममा सहभागि हुन चाहने युवाहरुले यही वैशाख ३० गते सम्म फाराम भरि सक्नु पर्ने छ । जेठ महिना बाट तालिम सञ्चालन हुने छ । फारम भरेकाहरु मध्य बाट छनोट गरेर तालिम प्रदान गरिने छ । इन्स्योर परियोजनाका फोकल पर्सन न्यौपानेका अनुसार कुक तालिमका लागि कक्षा ८ पास र टेलिकम टेक्निसियनका लागि एसईई उत्तिर्ण भएको हुनुपर्ने बताए । तालिम नि शुल्क हुने र दैनिक एक सय रुपैयाँ खाजा खर्चको व्यवस्था गरिने उनले जानकारी दिए ।
यसअघि पनि उपमाहानगर पालिकाले परियोजना मार्फत विभिन्न प्रकारका तालिम प्रदान गरिएको बताए । तालिममा सुरुमा सहभागि हुने र विचमा छाडने प्रबृति रहेको भन्दै विचमा नछोडनेले मात्र तालिममा सहभागिता जनाउनु पर्ने न्यौपाने बताउछन् । घोराहीमा यस प्रकारको तालिम आर्थिक बर्ष २०७८÷०७९ बाट सुरु भएको थियो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले सिप सिकेर स्वरोजगार बन्न इच्छुक युवाहरुलाई महत्वपुर्ण अवसर रहेको बताए । यस प्रकारको अवसरको सदुपयोग गर्न समेत उनले आग्रह गरे । ‘मैले सिप सिकेर केही गर्दछु भन्नेले मात्र तालिममा सहभागिता जनाउनुहोस ’ नगरप्रमुख चौधरीले भने ‘ होइन् भने अरुले अवसर प्राप्त गर्नु हुने छ’ । यस प्रकारको अवसर घोराी उपमहानगरपालिका युवाहरुलाइ रहेको समेत उनले बताए । ‘घोराहीका स्थायी बासिन्दा भन्दा बाहिरका ल्याउनु पर्ने आवस्था आउनु दुखद हो’ उनले भने । सिप सिकेका युवाहरु खाली वस्नु पर्ने अवस्था नरहेको समेत उनले बताए ।
नगर उपप्रमुख हुमाकुमारी डिसीले स्थानीय सरकारले अबसर सृजना गरेको र यसलाई जीवन परिवर्तन गर्ने आधारको रुपमा लिनु पर्ने बताइन् । ‘स्वरोजगार बन्ने अवसर रहेकाले यसको सदुपयोग गर्नु होस’ उप प्रमुख डिसीले भनिन् । तालिम लिइ सकेपछि उनीहरुले के गरि रहेका छन् भनेर निगरानी राख्नु पर्ने समेत उनले बताइन् । प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले शिक्षाको अवसरबाट बञ्चीत भएकालाइ यस प्रकारको अवसरले सहयोग पुग्ने बताए ।
सामाजिक विकास महाशाखाका शाखा अधिकृत घनस्याम वलीले नगरमा बेरोजगार युवाहरुलाई सिप प्रदान गर्ने र पढ्दै गरेका व्यक्तिहरुलाई भोलीको गन्तव्य के हुने भन्ने विषयमा बृत्तीमार्ग निर्देशनका कक्षा चलाएको बताए । कार्यक्रमको सहजिकरण महाशाखाका विपना बर्तौलाले गरेकी थिइन् ।