दाङ,१४ वैशाख । पत्रकार निशान दाजु भट्टराईले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गरेका छन्।
घोराही उपमहानगरपालिका वडा नं. ७, सौडियार निवासी भट्टराईले प्रत्येक वर्ष आफ्नो जन्मदिनमा रक्तदान गर्दै आएका छन्।
यसै क्रममा, आइतबार भट्टराईले घोराहीस्थित ब्लड बैंक पुगेर रक्तदान गरे। उनले जन्मदिनमा फजुल खर्च नगरी सिर्जनात्मक र रचनात्मक कार्यमार्फत उदाहरण पेश गर्न चाहेको बताए।
“जन्मदिनमा अर्थपूर्ण काम गरेर समाजमा सकारात्मक सन्देश फैलाउन सकिन्छ,” भट्टराईले भने। भट्टराईले आफूले दान गरेको रगत उपचारका लागि आउने गरीब तथा विपन्न समुदायका व्यक्तिहरूलाई निःशुल्क उपलब्ध गराउन ब्लड बैंक शाखालाई अनुरोधसमेत गरेका छन्।
निशान दाजु भट्टराई श्री माध्यमिक विद्यालय, घोराही–७, सौडियारका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन्।