लायन्स क्लब डिस्ट्रिक ३२५ एनको अधिवेशन

गोरक्ष समाचारदाता
तुलसीपुर, १४ वैशाख । तुलसीपुरमा लायन्स क्लब डिस्ट्रिक–३२५ एनको ऐतिहासिक तेस्रो कन्भेन्सन अर्थात राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । लायन्स क्लब डिस्ट्रिक ३२५ एनका गभर्नर विनोदकुमार श्रेष्ठको अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि घर्तीले लुम्बिनी प्रदेशका सभामुख कृष्णबहादुर घर्तीले जनपेक्षा अनुसारको परिवर्तन नआएको बताए ।

‘हामीले जहानिया राणा शासन फाल्यौँ, राजावादी राज्य व्यवस्था परित्याग ग¥यौँ तर आफूहरूले रोजेको व्यवस्थामा सन्तोषजनक व्यवस्थापन हुन सकेको छैन’, उनले भने । घर्तीले वर्तमान अवस्थामा खुसी र समृद्धिका लागि प्रयासरत रहेको उल्लेख गरे ।

‘राजनीति सम्भावनाको खेल हो तर सत्तामा पुगेपछि आफ्नो शक्ति निर्माण गर्न नसक्नु विगतका प्रमुख त्रुटिहरू हुन’, उनले भने । यसैगरी स्थानीय सरकारलाई विकासको मुल आधार भएको उनको भनाइ थियो । प्रमुख अतिथि घर्तीले लायन्स क्लबले सामाजिक क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै सामाजिक काममा उत्प्रेणा दिने खाले नयाँ कुराहरू ल्याउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै गर्भनर श्रेष्ठले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले आफ्नो कार्यकालमा विभिन्न सामाजिक कामहरू भएको र आफूले देशविदेशमा गएर नेपाललाई चिनाएको उल्लेख गरे । श्रेष्ठले लायन्स क्लबले भूकम्प, बाढी पीडित आजलागी, विभिन्न सामुदायिक भवन अस्पतालका भवन तथा मेसिन औजार सहयोग एवम् खरिदमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले आफू लामो सयमसम्म लायन्य क्लबदेखि अन्य सेवामा लागेर सेवा गरेको उल्लेख गरे । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए । कार्यक्रममा लायन्स क्लबका पूर्वगर्भनर शिवि चन्द, श्यामराज शाक्यलगायतले बोलेका थिए । कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सन्देशमूलक कुराहरू प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा विभिन्न झाँकीसहित ¥यालीको आयोजना गरिएको थियो । कार्यक्रमको सहजीकरण क्याविनेट सेक्रेटरी लायन्स टीकाजंग विकले गरेका थिए । अधिवेशनले सन २०२५÷०२६ का लागि नयाँ नेतृत्व चयन गर्नेछ ।