लोकतन्त्र दिवसका अवसरमा शैक्षिक सामग्री सहयोग

घोराही समाचारदाता
घोराही,११ वैशाख । १९ औं लोकतन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस दाङ प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ (१) ले शैक्षिक सामग्री सहयोग गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ७ स्थीत शुक्रवारमा रहेको संस्कृत आश्रम सरयू उत्तर बाहिनीलाई शैक्षिक सामग्री सहयोग गरेको हो । ‘ अनुशासित एवं मजबुत कांग्रेसको लागि शिक्षा र स्वास्थ्य हाम्रो अभियान’ अन्तर्गत नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ (१) ले विहीवार आश्रममा अध्ययनरत बालबालिकाको सहयोगार्थ शैक्षिक सामाग्री सहयोग गरेको हो । शैक्षिक सामाग्रीअन्तर्गत किताव, कापी,कलमलगायतका आश्रमलाई आवश्यक सामग्री सहयोग गरिएको थियो ।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ (१) का सभापति प्रकाश श्रेष्ठको सभापतित्व तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यता एवं महासमिति सदस्य भुपबहादुर डाँगीको विशिष्ट आतिथ्यतामा भएको सहयोग हस्तान्तन्तरण कार्यक्रममा बोल्ने बक्ताहरुले आजको महत्वपूर्ण दिनमा कांग्रेसले रचनात्मक कार्य गरेको बताएका थिए ।

देशमा परिवर्तनका लागि महत्वपूर्ण उपलव्धी भएपनि जनताको जीवनस्तरमा परिवर्तन नहुँदा निराशासँगै वितृष्णा फैलिएको भन्दै त्यसलाई रोक्ने गरि पार्टी र सरकारमा जाने काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र २ का सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावतलगायतले मन्तव्य गरेका थिए ।