दाङ,११ बैशाख । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दाङ कांग्रेसका अभिभावक तीर्थराज ज्ञवाली ‘चैतु’ को निधनप्रति शोक व्यक्त गरेका छन् । चैतुका भाई कांग्रेसका नेता धुव्र ज्ञवालीलाई विहीवार फोन गर्दै नेता चैतुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन ।
दाङ कांग्रेसको संगठन निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेका चैतु सिंगो कांग्रेस निर्माणका लागि सच्चा योद्धाका रुपमा रहेको कांग्रेस डा कोइरालाले उल्लेख गरे । नेपाली कांग्रेस पार्टी निर्माणका लागि नेता चैतु जस्ता योद्धाहरु आवश्यक पर्ने भन्दै डा नेता कोइरालाले कांग्रेसको जग तल्लो तहबाटै निर्माण गर्नुपर्नेमा जोड दिए ।
चैतुका भाई धुव्रसँग कुराकानी गर्दै डा. नेता कोइरालाले कांग्रेसको संगठन निर्माणका लागि चैतुको जस्तै भूमिका निर्वाह गर्न आम कांग्रेसीहरुलाई अपिल समेत गरे । नेपाली कांग्रेस दाङका पूर्व सभापति समेत रहेका नेता चैतुको ७४ बर्षको उमेरमा बैशाख २ गते निधन भएको थियो ।