शेखर कोइरालाद्वारा काङ्ग्रेस नेता चैतुप्रति श्रद्धाञ्जलि व्यक्त

दाङ,१० वैशाख । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोइरालाले नेपाली काङ्ग्रेस दाङका पूर्व सभापति तीर्थराज ज्ञवाली चैतुको निधनमा दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

समवेदना पत्र सम्प्रेषण गर्दै नेता कोइरालाले दिवंगत आत्माप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् । डा. कोइरालाले आज एक समवेदना पत्र सम्प्रेषण गरी समवेदना तथा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

डा. कोइरालाले सम्प्रेषण गरेको समवेदना पत्रका साथै समवेदना प्रकट गर्न नेपाली काङ्ग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, जिल्ला सदस्यहरु रेख बहादुर वली, घना डिसी, सुशीला गुरुङ, केशरा पोख्रेल लगायत स्वर्गीय चैतुको निवासमा पुगेका थिए । नेपाली कांग्रेस दाङका पूर्व सभापति तथा जिल्ला विकास समितिका पूर्व सभापति तीर्थराज ज्ञवाली ‘चैतु’ को ७४ वर्षको उमेरमा बैशाख २ गते निधन भएको थियो ।