श्रीमानका अधुरा काम पूरा गर्न मेरो उम्मेदवारी : वली
दाङ,२२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार बिमलाकुमारी खत्री (वली)ले पश्चिम दाङको विकासका लागि आफ्ना श्रीमान स्व. उत्तर वलीले थालेका अधुरा कामलाई पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएकी छिन् ।
नेकपाले दाङ क्षेत्र नं. ३ (ख)मा स्व. सांसद उत्तरकुमार वलीकी धर्मपत्नीलाई सो क्षेत्रमा उम्मेदवार बनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार वलीले श्रीमानले देखेको विकासको सपनालाई पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको बताइन् ।
‘मैले निर्वाचनमा जितेपछि पश्चिम दाङको विकासका लागि श्रीमानले थालेका अधुरा कामलाई पूरा गर्नमा ध्यान दिनेछु’,
उम्मेदवार वलीले भनिन्– ‘त्यसका लागि जनताले बिजयी गराउनुहुनेछ भन्नेमा
विश्वस्त छु ।’