calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

दम्भ तोड्न कांग्रेसलाई मत : दीपक गिरी

दाङ,२२ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दुई तिहाईको सरकारको दम्भका बिरुद्धमा रुखमा मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेका छन् ।

मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै नेता गिरीले दम्भ प्रदर्शन गर्दै लोकतान्त्रिक संरचनाहरु भत्काउने मार्गमा सरकार हिँडेको बताउँदै लोकतन्त्रप्रतिको बलियो प्रतिबद्धता देखाउने अवसरका रुपमा यो निर्वाचनलाई लिन अपिल गरे । ‘सरकारका बिरुद्धको असन्तुष्टिमात्र होइन, लोकतन्त्रप्रतिको प्रतिबद्धता प्रदर्शन गर्न पनि कांग्रेसलाई मत दिन आवश्यक छ’, गिरीले भने ।

पश्चिम दाङमा विकासको लहर ल्याउने कांग्रेस भएको चर्चा गर्दै गिरीले त्यस क्षेत्रबाट निर्वाचित सबै नेताहरुले विकासमा योगदान पुराएको चर्चा गरे । ‘त्यहाँ बाटो, पुल, सिचाईका क्षेत्रमा महत्वपूर्ण कामहरु कांग्रेस नेतृत्वमा
भएका छन्’, नेता गिरीले भने– ‘म मन्त्री भएका बेला सिचाईका लागि ठूलो बजेट त्यस क्षेत्रमा लगानी भएको छ ।’ उनले त्यो लगानीको प्रतिफल आउन थालेको पनि बताए । ‘विकास हाम्रो लक्ष्य हो, हामी सरकारमा रहौं अथवा नरहौं हाम्रो सम्पूर्ण प्रयास त्यस क्षेत्रको विकासमा केन्द्रित हुँदै आएको छ’, उनले थपे– ‘अब पनि हामी त्यसैगरी अगाडि बढ्ने हो ।’ केशव आचार्य कांग्रेसका प्रतिनिधिका रुपमा जनतासँग प्रस्तुत भएको भन्दै उनले नेपाली कांग्रेसभित्रको एकताले यो निर्वाचनमा कांग्रेसको बिजयी सुनिश्चित हुने बताए ।

अर्का केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले कार्यकर्ताको उत्साहले कांग्रेस विजयको नजिक पुगिसकको देखाउँछ भन्दै चुनाव अवधिभर यो उत्साह कायम राख्दै निर्वाचनमा खट्न कार्यकर्तालाई आह्वान गरिन् । सभालाई पार्टी सभापति कीर्तिबहादुर खड्काले पनि सम्बोधन गरेका थिए ।