विश्व स्वास्थ्य दिवस : उचित आहार, विहार र विचार आवश्यक

तुलसीपुर, २६ चैत । स्वास्थ्य नै मानिसको ठुलो धनहो । हामी निरोगी जीवन बाँच्न चाहन्छौं । सधै तन्दुरुस्त र जवान रहन चाहन्छौं । कुनैपनि रोग, कष्ट आदिबाट टाढा रहन चाहन्छौं । औषधी सेवन गर्न नपरोस् ।

प्राकृतिक रुपमै निरोगी र तन्दुरुस्त जीवन विताउन पाइयोस् । यसका लागि आहार, विहार र विचार । अर्थात उचित आहार, उचित विहार र उचित विचार आवश्यक हुने गर्छ । आखिर के कुरामा तालमेल मिलिरहेको छैन ? पछिल्लो समयमा मानिसको आहार विहार र निक्रिय जिवन शैलिले मानिसको स्वास्थ्य अवस्था कम्जोर हुदै गएको छ । बालरोग विशेषज्ञ डा किशोर खत्रीका अनुसार स्वस्थ हुनका लागि विहानै उठने, मानिसले एक घण्टा विहानको समयमा हिडने तथा सृजनसिल कामहरु गर्नु पर्ने हुन्छ ।

विहान खेतवारीमा, करेसावारीमा काम गर्ने भारी वोक्ने र पसिना निकाल्नु स्वास्थ्यका लागि निकै राम्रो मानिनछ । ‘विहान पसीना निकाल्ने काम गर्ने , मुटुलाई माया गर्नका लागि कसैप्रति रिस राग डाहा क्रोध लाई त्याग्नु पर्छ र मुटु स्वस्थ रहयो भने दिमागपनि स्वस्थ हुन्छ – डाक्टर खत्रीले भने । उनले वाहिरको जंगफुटहरु नखाने, घरकै खानेकुराहरु दाल भात ताजा फलफुल तथा स्वस्थकर खानेकुराहरु खायो भनेपनि मानिस स्वास्थ हुने बताउछन् । ‘हामी स्वस्थ भयो भने हाम्रो घरपरिवार समाज राष्ट्र स्वस्थ हुन्छ विहानीको समयमा प्रातःकालीन हिडाई गर्ने गरौ – अभियान्ता डा खत्रीले भने ।’

पछिल्लो समयमा विश्वमा बायु प्रदूषणले गर्दा हुने फोक्सोको क्यान्सर, हृदय रोग र स्ट्रोकहरूले हरेक मिनेटमा १३ जनाको मृत्यु हुने गर्दछ । प्रत्येक १० जना मध्य ९ जनाले प्रदूषित हावामा श्वास फेर्न पर्ने अवस्था छ । विश्वभरिका ३ दशमलव ६ बिलियन मानिसहरूसँग उपयुक्त शौचालयको पहुँच छैन भने २ बिलियन मानिसहरूमा शुद्ध खानेपानीको पहुँच छैन ।

हाल सम्म हरेक वर्ष विश्वभरि ८ लाख २९ हजार जना मानिस झाडापखालाले मर्ने गर्दछन् । यस सन्दर्भमा विश्व स्वास्थ्य दिवस को महत्व धेरै बढेर गएको छ । मानसिक स्वास्थ्य र संवेगात्मक नियन्त्रणमा केन्द्रित गरेर सार्वजनिक स्वास्थ्यका आयामहरू तय गर्न विश्वभरिका सरकार र निजी स्वास्थ्य सेवा प्रदायकहरू अग्रसर भएको पाइन्छ । शरीर र दिमाग दुवैको स्वास्थ्य र सन्तुलनलाई केन्द्रमा राख्दै यस वर्षको विश्व स्वास्थ्य दिवसमा व्यायाम, आहार, बिहार, निन्द्रा र जीवनको सन्तोष सबै कुराप्रति एक चोटि सबै जनाले पूनरावोलोकन गर्ने समय आएको छ ।

स्वास्थ्य दिवसको यो वर्षको नारा ‘स्वस्थ शुरुवात, समृद्ध भविष्य’ रहेको छ । विश्व स्वास्थ्य दिवसका दिन विभिन्न स्वास्थ्य अभियान, सेमिनार, सम्मेलन, र सामुदायिक प्रयासहरू सहित विश्वभरका विभिन्न कार्यक्रमहरू र गतिविधिहरूद्वारा यो दिवस मनाइको छ । यस दिवसको लक्ष्य भनेको नै स्वस्थ जीवनलाई प्रवद्र्धन गर्नु र मानिसहरूलाई उनीहरूको स्वास्थ्य र कल्याणको रक्षा गर्न सक्रिय कदमहरू चाल्न प्रोत्साहित गर्नु हो ।