पूर्वप्रहरी संगठनद्वारा मानव सेवा आश्रममा भोजन
गोरक्ष समाचारदाता
तुलसीपुर, १९ चैत । नेपाल पूर्वप्रहरी संगठन तुलसीपुर उपमहानगरपालिका कार्यसमिति दाङले मानव सेवा आश्रममा दिवा खाना खुवाएको छ । सोमवार एक कार्यक्रमको आयोजना गरी मानव सेवा आश्रम तुलसीपुरमा रहेकालाई खाना खुवाइएको हो ।
संगठनले सामाजिक र सिर्जनात्मक कार्यमा आफूलाई समर्पित गर्दै मानव सेवा आश्रममा खाना खुवाएको बताएको छ । नेपाल पूर्वप्रहरी संगठन तुलसीपुर उपमहानगरपालिकाले इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख अनिल ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै डिएसपी ठकुरीले भगवानरुपि आमाबुवालाई संगठनले खाना खुवाएर पुण्य काम गरेको भन्दै मानवीय सेवामा संगठन लाग्नुपर्ने बताए ।
उनले आफूहरूले मानस सेवा आश्रममा सुरक्षाका साथै प्रत्यक्ष अप्रत्यक्ष विभिन्न सहयोग आफूहरूले गर्ने गरेको भन्दै पूर्वप्रहरी संगठनले सामाजिक र सिर्जनात्मक काम गरेको भन्दै धन्यवाद दिए । यसैगरी नेपाल पूर्वप्रहरी संगठन तुलसीपुर उपमहानगरपालिका कार्यसमिति दाङका उपाध्यक्ष बसन्त वलीले मानव सेवा नै धर्म हो भन्ने हेतुले सबै सदस्यबाट रकम सङ्कलन गरेर सामाजिक अन्तर्गत मानव सेवा आश्रममा रहेकालाई खानाको व्यवस्थापन गरेको बताए ।
कार्यक्रममा कार्यसमिति सल्लाहकार प्रकाशबहादुर सिंहले संगठनका लागि मात्र नभएर समाजको हरेक अङ्गसङ्ग मिलेर सहकार्य गर्दै संगठन अगाडि बढ्ने भन्दै आगामी दिनमा आफ्नो संस्थाले मानव सेवा आश्रम जस्ता सेवामूलक संस्थामा सहयोगी बन्ने बताए । कार्यक्रममा सहभागीले भोको पेटलाई भोजन सेवा सर्वोत्कृष्ट मानव सेवा भएको बताएका थिए । कार्यक्रममा सबैलाई धन्यवाद मानव सेवा आश्रम तुलसीपुरका संयोजक हिरू जोशीले दिएका थिए ।
