घोराहीमा कक्षा ८ को नतिजा, नमुना विद्याल कमजोर
अमरराज आचार्य
दाङ, १९ चैत । घोराहीमा नमुना विद्यालयको नतिजा कमजोर देखिएको छ । उपमहानगरपालिकाले सोमवार सार्वजनिक गरेको कक्षा ८ को नजितामा नगरले नमुना विद्यालय बनाएका विद्यालयकै नजिता कमजोर देखिएको हो ।
शैक्षिक सुधार तथा विकासका लागि करिब दुई वर्षअघि घोराहीले एक वडा एक नमुना विद्यालय बनाएको थियो । दुई वर्ष बितिसक्दा पनि नतिजा भने कमजोर देखिएको छ । जस अन्तर्गत घोराही–१८ को अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारीको नतिजा शून्य देखिएको छ । शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा अध्ययनतर २६ जना विद्यार्थीमध्ये २२ जना परीक्षामा सहभागी भएकोमा कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । यसैगरी वडा नं. १९ को भगवती मावि होडबाङले दुई दशमलव ७८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण गराएको छ । विद्यालयबाट ३६ जना परीक्षामा सहभागी भएकामध्ये एकजना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी वडा नं ४ को आधारभूत विद्यालय सुनपुरका पाँच प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट परीक्षामा २० जना सहभागी भएका विद्यार्थीमध्ये एक जना उत्तीर्ण भएको छन् ।
यसैगरी वडा नं १ को आधारभूत विद्यालय सिमलतारा १० दशमलवल २६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ३९ जना सहभागी भएका विद्यार्थीमध्ये चार जना उत्तीर्ण भएका छन् । वडा नं ३ को आधारभूत विद्यालय सरयु भैँसकुर्मामा ११ दशमलव ११ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा १८ जना सहभागी भएकामध्ये दुई जना विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी वडा नं ५ को महेन्द्र आधारभूत विद्यालय दलजितपुरबाट २८ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २१ जना परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । वडा नं ८ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय दुन्द्राबाट २८ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सात जना परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये दुई जना उत्तीर्ण भएका छन् ।
यसैगरी वडा नं १० को नवोदय बालकल्याण आधारभूत विद्यालय दक्षिण अम्राईबाट २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २० जना परीक्षामा सहभाग भएका विद्यार्थीमध्ये चार जना उत्तीर्ण भएका छन् । वडा नं १२ को मावि रतनपुरबाट २४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ५० जना परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये १२ जना उत्तीर्ण भएका छन् । यसैगरी वडा नं १३ को बराह क्षेत्र मावि सेवार वनगाउँबाट १० दशमलव ८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ४६ जना परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये पाँच जना उत्तीर्ण भएका छन् । यसैगरी वडा नं १४ को बालविकास माविबाट २८ दशमलव ०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एक सय ९६ जना परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५५ जना उत्तीर्ण भएका छन् ।
यसैगरी वडा नं १५ को सरस्वती मावि काठेकोहलबाट १२ दशमलव ७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ५५ जना परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये सात जना उत्तीर्ण भएका छन् । यी सबै नमुना विद्यालय हुन् । नमुना विद्यालयमा उपमहानगरपालिकाले विशेष लगानी गर्दै आएको छ । कक्षा ८ को नजितामा चार सामुदायिक विद्यालयले कुनै पनि विद्यार्थी उत्तीर्ण गराउन सकेका छैनन् । जस अन्तर्गत सिर्जनशील आधारभूत विद्यालय बाहुनडाँडा, मदरसा दारुल हुदा अल्सल्र्फिया आधारभूत विद्यालय र माता पवित्रा सङवेद आधारभूत विद्यालय शुक्रवार रहेका छन् । सिर्जनशील आधारभूत विद्यालय बाहुनडाँडाबाट नौ जना, मदरसा दारुल हुदा अल्सल्र्फिया आधारभूत विद्यालयबाट छ जना र माता पवित्रा सङवेद आधारभूत विद्यालय शुक्रवारबाट चार जना विद्यार्थी परीक्षामा सभागीत भएका थिए । उपमहानगरपालिका अन्तर्गत ४१ वटा सामुदायिक विद्यालय रहेका छन् ।
यसैगरी सबैभन्दा धेरै विद्यार्थी आधारभूत विद्यालय चाक्लीघाटबाट उत्तीर्ण भएका छन् । ८५ दशमलव ७१ प्रतिशत अर्थात् परीक्षामा सहभागी भएका सात जना विद्यार्थीमध्ये छ जना उत्तीर्ण भएका छन् । यसैगरी आधरभूत विद्यालय गिठेपानीबाट ६४ दशमलव २५ प्रतिशत अर्थात १४ जना सहभाग विद्यार्थीमध्ये नौ जना, महेन्द्र मावि धर्नाबाट ६२ दशमलव ०७ प्रतिशत अर्थात् ९८ जना सहभागी विद्यार्थीमध्ये ३६ जना, मावि हापुर निघुवारबाट ५० दशमलव ९४ प्रतिशत अर्थात ५२ जना सहभागी विद्यार्थीमध्ये २७ जना, मावि रझेनाबाट ५० दशमलव ३८ प्रतिशत अर्थात् एक सय ३८ जना सहभाग विद्यार्थीमध्ये ६६ जना, मावि जँजरागाउँबाट ४४ दशमलव ४४ प्रतिशत अर्थात् ५४ जना सहभागी विद्यार्थीमध्ये २४ जना, जनता मावि नयाँगाउँ बुकाबाट ४२ दशमलव ८६ प्रतिशत अर्थात् ५६ जना सहभागी विद्यार्थीमध्ये २४ जना, गोरक्ष रत्ननाथ मावि चौघेराबाट ३३ दशमलव ३३ प्रतिशत अर्थात् ५३ जना सहभागी विद्यार्थीमध्ये ३१ जना उत्तीर्ण भएका छन् ।
यसैगरी जयशेर मावि रावतगाउँबाट २९ दशमलव ६७ प्रतिशत अर्थात् ९१ सहभागी विद्यार्थीमध्ये २७ जना, पद्मोदय पब्लिक नमुना मावि भरतपुरबाट २८ दशमलव ६७ प्रतिशत अर्थात् दुई सय ७९ सहभागी विद्यार्थीमध्ये ८० जना, भूमि आवि बामलाबाट २८ दशमलव ५७ प्रतिशत अर्थात् सातजना सहभागी विद्यार्थीमध्ये दुई जना, जनजागृति मावि लमडरुवाबाट २५ प्रतिशत अर्थात् ४८ जना सहभागी विद्यार्थीमध्ये १२ जना, अन्तर्राष्ट्रिय युवा वर्ष मावि तोसबाट २३ दशमलव ८१ प्रतिशत अर्थात् २१ जना सहभागी विद्यार्थीमध्ये पाँच जना, गंगा मावि रामपुरबाट १८ दशमलव १८ प्रतिशत अर्थात् ७७ जना सहभागी विद्यार्थीमध्ये १४ जना, मावि साँैडियारबाट १७ दशमलव ६५ प्रतिशत अर्थात ५१ जना सहभागी विद्यार्थीमध्ये नौ जना, मावि डाँडागाउँ गोल्लीबाट १६ दशमलव ६७ प्रतिशत अर्थात् ९६ जना सहभागी विद्यार्थीमध्ये १६ जना, नरदेवी मावि तेघराबाट १६ दशमलव २८ प्रतिशत अर्थात् ४३ सहभागी विद्यार्थीमध्ये सात जना, आवि हापुर गुर्जेबाट १५ दशमलव ८९ प्रतिशत अर्थात् १९ जना सहभागी विद्यार्थीमध्ये तीन जना, मावि झिङ्नी बन्जाडीबाट १२ दशमलव २४ प्रतिशत अर्थात् ४९ जना सहभागी विद्यार्थीमध्ये छ जना, अम्बिका मावि हर्नोकले ११ दशमलव ४५ प्रतिशत अर्थात् २६ जना सहभागी विद्यार्थीमध्ये तीन जना उत्तीर्ण भएका छन् ।
यसैगरी आवि सवारीकोटबाट ११ दशमलव ११ प्रतिशत अर्थात् १८ जना सहभागी विद्यार्थीमध्ये दुईजना, सिद्ध रत्ननाथ माविबाट १० प्रतिशत अर्थात् एक सय ८० जना सहभागी विद्यार्थीमध्ये १८ जना, मावि हापुर बिजौरीबाट १० प्रतिशत अर्थात् ३० सहभागी विद्यार्थीमध्ये तीन जना, मावि बालकल्याण मावि खैराबाट चार दशमलव ८८ प्रतिशत अर्थात ४१ जना सहभागी विद्यार्थीमध्ये दुई जना, शुभ प्रभात मावि घोराहीबाट चार दशमलव १७ प्रतिशत अर्थात् ४८ जना सहभागी विद्यार्थीमध्ये दुई जना, मावि ढिकपुरबाट दुई दशमलव ३८ प्रतिशत अर्थात् ४२ जना सहभागी विद्यार्थीमध्ये एक जना उत्तीर्ण भएका छन् ।
सामुदायिक विद्यालयबाट दुई हजार एक सय ८१ जना सहभागी विद्यार्थीमध्ये पाँच सय ३४ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् भने यो २४ दशमलव ४८ प्रतिशत हो । यसैगरी संस्थागत विद्यालयबाट दुई हजार तीन सय ४५ जना परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये एक हजार नौ सय १४ जना उत्तीर्ण भएका छन् । यो ८१ दशमलव ६६ प्रतिशत हो । यस वर्ष उपमहानगरपालिकाले होम सेन्टर हटाएको थियो भने उत्तरपुस्तिका समेत स्वयम् विद्यालयलाई चेक गर्न दिएको थिएन ।
