लमहीमा बेबासिसे शब फेला

लमही,२० बैशाख । देउखुरीमा बेवारिसे शव फेला परेको छ ।

लमही नगरपालिका– ६ देउपुरमा करिव ५०–५५ बर्ष देखिने पुरुष झुण्डिए आत्महत्या गरेको अबस्थामा फेला परेको हो वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

सेतो सट, रातो हाप ज्याकेट र गुलाबी रङको हाप पाइन्टलगाय लगाएको पुरुषको शव फेला परेको हो ।

घरको आगाडी बाख्रालाई घाँस बान्नलाई बनाएको डोरीमा झुण्डिएर आत्महत्या गरेको अबस्थामा शनिवार दिउँसो करिब १२ बजे शब फेला परेको वडा प्रहरी कार्यलय लमहीले जानकारी दिएको छ ।

मृतकको शबलाई लमही अस्पतालमा राखिएको प्र्रहरीले जनाएको छ । उनको पहिचान खुल्न सकेको छैन ।