महिला सामुदायीकद्धारा दोश्रो चरणको राहात वितरण

देविराम कुसारी
दाङ, २० वैशाख । महिला सामुदायीक लघुबित्त बित्तीय संस्था लिमिटेड घोराही दाङले दोश्रो चरणको राहात वितरण सुरु गरेको छ ।

बिश्वब्यापी रुपमा फैलियको कोभिड—१९ तथा कोरोना भाइरसका कारण भएको लकडाउनबाट समुदायले भोग्नु पारेको समस्या कम गर्ने उदेश्यका साथ संस्थाले दोश्रो चरणको सहयोग प्रदान गर्न सुरु गरेको संस्था प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिएकी छिन । प्युठान र दाङका स्थानिय तहबाट पहिलो चरणको राहात वितरण सुरु गरेको संस्थाले दोश्रो चरण अन्तरगत सल्यान र रोल्पामा राहात प्रदान गरिरहेको हो । दोश्रो चरण अन्तरगत संस्थाले सल्यानका शारदा र बाघचौर नगरपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका र दाङको घोराही उप–महानगरपलिकालाई सहयोग प्रदान गरेको संस्थाका बरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले जानकारी दिएका छन ।

दोश्रो चरण अन्तरगत संस्थाका बरिष्ठ प्रबन्धक पवन योगीले घोराही उप–महानगरपालिकाको बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी बडा नंं.७ का वडा अध्यक्ष खोपीराम चौधरीलाई संस्थागत रुपमा १६ हजार एक सय रुपैयाँको खाद्यान्न हस्तान्तरण गरेका हुन । त्यसैगरी सल्यानको शारदा नगरपालिकाको बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी संस्थाका अधिकृत शरद गिरीले नगर प्रमुख सुरेश अधिकारीलाई संस्थागत रुपमा २० हजार नगद प्रदान गरेका थिए भने बाघचौर नगरपालिकाको बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी संस्थाका अधिकृत नम बहादुर केसीले ३० हजार रुपैयाँ प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतलाई संस्थागत रुपमा प्रदान गरेका हुन ।

संस्थाले रोल्पाका त्रिवेणी गाउँपालिकालाई ३० हजार नगद सहयोग प्रदान गरेको छ । त्रिबेणी गाउँपालिका रोल्पाको बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी गाउँपालिका प्रमुख शान्तकुमार बलीलाई संस्थाका अधिकृत केशब शर्माले ३० हजार आर्थिक सहयोग प्रदान गरेका हुन । यसै गरि अन्य स्थानिय निकायसगँ समन्वय गरि आर्थिक तथा अन्य सहयोग गर्ने संस्थागत लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिएकी छिन ।