Goraksha

National Daily

‘डेट एक्सपाइर टियर ग्यास’ …

खेमराज रिजाल
दाङ, १८ चैत । मुलुकमा राज्य व्यवस्था फेर्न आयोजना गरिएको आन्दोलनमा राजावादीले सरकारलाई एउटा आरोप लगाए, हामीलाई डेटएक्सपायर टियर ग्यास खुवाइयो । तीनकुनेको त्यो भवन जहाँ एभिन्युजका पत्रकारको जलेर मृत्यु भएको थियो, त्यही भवनबाट फालिएको अश्रुग्यासलाई राजावादी आन्दोलनकारीले डेट एक्सपायर भनेका छन् । डिभाइसबाट फालिएको ग्यासको डेट उनीहरूले कसरी जानकारी पाए त्यो हाँस्यास्पद छ अनि शङ्कास्पद पनि ।

हरेक चिजको उपभोग गर्ने मिति हुन्छ । औषधीको, अलकोहलको, पेय पदार्थको अनि बनाइएका हरेक वस्तुको अनि नेपाल सरकारले निःशुल्क गरेका खोपहरूको पनि छ । त्यसो त विषमा उपभोग मिति लेखिएको हुन्छ तर मालाई यो समाचार लेखिरहँदा अचम्म लाग्यो, टियर ग्यासको पनि डेट हुन्छ र ? अनि फ्याँकिएको टियर ग्यास डेट एक्स्पाएर हो भन्ने हैसियत आन्दोलनकारीलाई कसरी भयो ? जसले टियर ग्यासको कम्पोजिसन नै बुझेका हुँदैनन् उनै आन्दोलनकारीले डेट एक्स्सपायर टियर ग्यास । त्यसैले त राजा ल्याउन कसले आन्दोलन गर्ने र कसले भूमिका निर्वाह गर्ने भन्नेमा आन्दोलनकारी नै अन्योल छन् । साथै राज्य संयन्त्र नै अन्योलमा देखियो यो राजावादीको आन्दोलनमा ।

मैले यो विषयमा फिजिसियनलाई सोधेँ । टियर ग्यास के हो ? काठमाडौंको फ्रन्टलाइनका फिजिसियन डा प्रभात रिजालले भने, ‘यो विषयमा आँखाका डाक्टर वा फरेन्सिक ल्याव पर्सनलाई सोध्नु होला तर टियर ग्यास नबुझेकहरूले फैलाएको अपभ्रंश थियो यो डेट एस्क्सपायर टियर ग्यास । खासमा यसको स्पष्टीकरण आँखा रोग विशेषज्ञ प्राध्यापक डा प्रदीप वास्तोलाले दिए । उनी हाल राप्ती आँखा अस्पताल आँखा स्वास्थ्य कार्यक्रम रक्षाचौर लमही र बहादुरगन्जमा कार्यरत छन् । प्राडा बास्तोलाको बुझाइमा टियर ग्यासको कम्पोजिसन लेटिन भासाको शब्द हो । यसको अर्थ हो, लेक्रिमेटर अर्थात यसको काम आँसु खसाएर आँखालाई हैसियत लेस बनाउनु हो तर यो ग्यासको अत्यधिक प्रयोगले अन्धोपन पनि निम्त्याउन सक्ने उनको सुझाव थियो तर म्याद गएको टियर ग्यासले त थप असर नगर्ने उनको सुझाव थियो ।

डा बास्तोलाका अनुसार अश्रु ग्यास नामैले काफी छ । यसको काम भनेकै आँखाबाट अत्यधिक आँसु आउने हो अनि आँखालाई तत्काल चलायमान हुन नदिने हो तर डेट एक्स्पायर भएको भए त यसको जिम्मेवारी सरकारले लिने हो, आन्दोलनकारीले होइन । यो ग्यासमा खास गरी ब्रोमो एसिटोन, क्लोरो पिक्रिन पिएच, सिएच ओसी ग्यासलगायतको समिश्राणले हुन्छ, यी सबै रसायनको काम आँखाबाट आँसु बगाउने मात्रै हो तर डेट एक्स्पायरको असरबारे आफूलाई जानकारी नभएको उनले बताए । यति लेखिरहँदा र सोधिरहँदा सायद मुलुकको व्यवस्थामै चुनौती थपिएको छ ।

सरकार तर पनि सरकार छैन । कारण सरकार कामयाव छैन । कोभिड १९ को सङ्क्रमणकालमा दातृ निकायको सहयोगबाट ल्याइएको डेट एक्स्पायर लाखौँ भाइल कोभिड भ्याक्सिनलाई सरकारले ग्यारेज गरेर राखेको छ । न यी भ्याक्सिन उपभोग हुन सक्छन्, न त सरकारसँग यसलाई डिस्पोज गर्ने नीति नै छ । खाली सरकार चलिरहेको छ, मूर्त शीर्षनेताहरूको दुनो सोझ्याउन र उनीहरूलाई थप भ्रष्टाचार गर्नका लागि अभिप्रेरित गर्न ।

काठमाडौंमा राजावादीको आन्दोलनमा एक जना पत्रकारसहित केहीको ज्यान जाँदा सरकार कहाँ छ ? तिनकुनेको हाइवेबाट तीन सुरक्षा घेरा तोड्दै आन्दोलनका कमान्डार दुर्गा प्रसाई बाहिरिँदा सरकार कहाँ थियो ? अहिले प्रभानमन्त्री केपी ओलिले के अभिव्यक्ति दिइरहेका छन्, यो विषयमा ? आम नागरिकलाई यो जवाफले चित्त बुझ्ने अवस्था छैन ।

हो, सरकारले रविन्द्र मिश्र र धवन शम्सेर जवरालाई पक्राउ ग¥यो, नवराज सुवेदीलाई घरमै नजरबन्दमा राख्यो । यही मात्रै हो सरकारको उपलव्धि ? खोई, आन्दोलनको भिडिओ क्यामेरामा कैद गर्न तीनकुनेको एक भवनको माथिल्लो तलामा पुगेको एभिन्यिुजका पत्रकार रजकको मृत्युका सन्दर्भमा ? खोई, त्यो जलेको भवनको विषयमा अनुसन्धान ? पत्रकार रजक मुर्नअघिको भिडिओका विषयमा सरकारको अभिव्यक्ति खोइ ? प्रधानमन्त्री ओल उखान टुक्का भट्टाइरहन्छन्, देउवा बोल्दैनन्, राजनीतिमा व्यापारी हाबी भइरहेका छन् अनि डेट एक्स्पायरका कुरा कसले सुन्ने ?

हो, यहाँ राजनेताहरू डेट एक्स्पायर भइरहेका छन् तर हरेक दलका नेता मृत्य्ु श्ययामा पुग्दासम्म पनि आफैँले नेतृत्व गरिरहन्छन् । मनमोहन अधिकारी प्रधानमन्त्री भएकै बेला उमेरकै कारण मृत्यु श्ययामा थिए । पूर्वप्रधानमन्त्री सुशील कोइराला पनि अस्पतालबाटै प्रधानमन्त्रीको पदबाट विलिन भए । गिरिजाप्रसाद कोइराला पनि कोमामा परेपछि मात्रै राजनीतिक विश्राम लिए । यी नेताहरू किन अन्तिमसम्म शासन गरिरहे, युवा पुस्तामा किन राजनीति हस्तान्तरण हुन सकेको छैन ?

मुलुकले अहिले युवा नेतृत्व चाहेको छ तर युवाहरू राजनीतिमा आउन वा रोकेको युवा नेताहरूले बताइरहेका छन् । यो विषय अन्तमा डेटएक्स्पायर नेताहरूकै कारण हो । त्यसैले त डेट एक्स्पायरहरूलाई चुनौती छ । पुरानो ह्याङओभर फाल, राजा ज्ञानेनद्र पनि त डेट एक्स्पायर नै हुन् । राजाको विकल्प अरू हुन सक्छ । स्वर्गीय कांग्रेस नेताले भनेका थिए, ‘बेबी किङ ।’ त्यही भएर आन्दोलन नै डेट एक्स्पायर हो, अब पुरानै गुन्य लगाउन कसैले आन्दोलन नगरौँ । युग सुहाउँदो विकल्प खोजौँ । यसमा सबैभन्दा गम्भीर डेट एक्स्पायर नेता हुनु पर्दछ । त्यसपछि मात्रै नयाँ राजनीतिक समीकरण बन्न सक्छ, नयाँ राजनीतिक स्थायित्वको विकल्प निस्कन सक्छ । कोमामा नपरुन्जेल राजनीति गर्ने संस्कारको अन्त्य गरौँ भन्ने आम नागरिकको भावनालाई आत्मसात गर्न यो आन्दोलनले सिकाएको छ । ‘मेरै गोरुको बाह्र टक्का’ अब गल्ने छ ।