Goraksha

National Daily

बंगलाचुलीमा तरुण दलको नयाँ कार्यसमिति चयन

गोरक्ष समाचारदाता
दाङ, १८ चैत । नेपाल तरुण दल बंगलाचुली गाउँपालिकाको पाँचौँ सम्मेलन सम्पन्न भएको छ ।

कार्यवाहक अध्यक्ष माधव बस्नेतको अध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ (क) का सदस्य पूर्णबहादुर मल्लको उपस्थिति रहेको थियो । प्रमुख अतिथि मल्लले नेपाल तरुण दलको इतिहास, यसको योगदान तथा भविष्यका योजनाबारे चर्चा गरेका थिए ।

उनले युवाहरू राष्ट्रको मेरुदण्ड भएको उल्लेख गर्दै नेपाल तरुण दलले नेतृत्व विकास, सामाजिक जागरण र लोकतान्त्रिक मल्यहरूको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । संगठनलाई अझ व्यवस्थित र गतिशील बनाउन सबैलाई सक्रिय भएर लाग्न आग्रह गरे ।

सम्मेलनमा नेपाल तरुण दल दाङका कोषाध्यक्ष एवम् जिल्ला प्रतिनिधि नवीन योगी, नेपाली कांग्रेस बंगलाचुलीका सभापति जागेश्वर अधिकारी, नेपाली कांग्रेस क्षेत्र नं २ का सदस्य हिमाल महरा, नेपाल तरुण दलका केन्द्रीय सदस्य मीनबहादुर शाही, नेपाल विद्यार्थी संघ बंगलाचुलीका सभापति जीवन अधिकारी, नेपाल शिक्षक संघ बंगलाचुलीका उपसभापति दीपेन्द्र घर्ती, निजामती कर्मचारी युनियन प्रदेश प्रतिनिधि दामोदर सुवेदी, बंगलाचुली–४ का वडाध्यक्ष डासबहादुर डाँगी, वडा नं. २ का वडाध्यक्ष मैते पुन मगर, नेपाली कांग्रेस बंगलाचुली–८ का सभापति ज्ञानबहादुर वली, नेपाली कांग्रेस बंगलाचुली–७ का सभापति तेजबहादुर खत्री, नेपाली कांग्रेस बंगलाचुली–५ का सभापति केशव जिसी, नेपाली कांग्रेस बंगलाचुली–१ का सभापति शिवराज परियार, कार्यपालिका सदस्य गणेश विश्वकर्मालगायतले मन्तव्य राखेका थिए ।

बंगलाचुली गाउँपालिका उपसभापति इन्द्रमणि वली र द्रोण खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बलदेव मल्लले गरेका थिए ।

नयाँ कार्यसमिति चयन

पाँचौँ सम्मेलनले सर्वसम्मत रूपमा खुम सोती मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा हिमाल महरा र तारा विश्वकर्मा चयन भएका छन् भने सचिवमा हेमराज वली, सहसचिवमा खेमराज बुढा र कोषाध्यक्षमा झगबहादुर पुन चयन भएका छन् । सदस्यहरूमा विपिन घर्ती, प्रेम ग्यावाली, वसन्त क्षत्री, निशान कालाथोकी, मदन वली, हेमराज रसाइली, भुवन घर्ती, जनक सुनार र गोमा नेपाली चयन भएका छन् । नेपाल तरुण दल बंगलाचुली गाउँपालिकाको नयाँ नेतृत्वले संगठनको सशक्तीकरण र युवाहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।