फेरि द्वन्द्वको याद दिलायो रोल्पाको बम बिष्फोटले

सन्तोष शर्मा

होलेरी, बैशाख २० । तत्कालीन नेकपा माओवादिले सुरु गरेको १० वर्षे शशत्र युद्धको उद्गम थलो रोल्पामा फेरि द्वन्द्वको घाउ वल्झीएको आभास भएको छ । कुनैवेला थियो स्कुल पढ्न गएका आफना छोराछोरी साझ घर फर्कनछन् कि फर्कनन्, खेतवारी गएका वावाआमा आउछन् कि आउदैन् । हो त्यस्तै त्रास पैदा गरेको छ विहीवार रोल्पमा घटेको वम काण्डले । द्वन्द्वका समय जस्तै बाख्रा चराउन गएका अवोध वालवालीका घर फर्कन पाएनन् । ५ वर्षे दुधे वालक सहित ४ जना अवोध वालवालीकाको एउटै चिहान हुन पुग्यो ।

शान्ति प्रक्रियाको १४ वर्षसम्म पनि रोल्पालीले उस्तै पीडा भोग्दा यो घटनालाई पुरानै द्वन्द्वको झझल्कोको संज्ञा दिइएको । घटना घटेलगत्तै पहिला घटना स्थल पुगेका त्रिवेणी गाउँपालीकाका अध्यक्ष शान्तकुमार वलीले यो घटना द्वन्द्वको समय भन्दा कम नभएको प्रतिक्रिया दिए । उनले भने, ‘यो घटनाले हिजोकै द्वन्द्वको क्रास पैदा भएको छ । ति अवोध वालवालीकाको आखिर दोस के थियो ? वमलाई हेर्दा १४ वर्ष पुरानो जस्तो छदैछैन, यो वम के प्रयोजनका लागि वनाइयो ? कस्ले ल्यायो किन ल्यायो, कस्लाई सताउन यो सव गरिदैं छ ?” साथै उनले वेलावेला त्रिवेणी गाउँपालीका सरकारलाई पनि वम हमला भएको स्मरण गर्दै यि यस्ता घटना अराजक रहेको भन्दै सरकारको ध्यानकर्षण समेत गराए ।

विहीवार त्रिवेणी ७ मैतिगातिनाका ४ वालवालीका बाख्रा चराउने क्रममा गाउँ नजीकै दुम्लाखोलामा पुगे । एक्कासी गाउँमा विस्फोर्टको ठूलो आवाजले गाउँ नै हल्लायो, एकछिन सवै क्रसीत वने , केही समयपछि गाउँले र परिवार घटना स्थल पुग्दा घटनाको त्यो हृदयविदारक दृश्यले कोकाकुल सुरुभयो । घटनाको जानकारी प्रहरिलाई गराइयो । केही समयमै प्रहरी घटना स्थल पुग्यो अनि घटना स्थल वरपर अन्य विस्पोटक पदार्थ हुन सक्ने भन्दै प्रहरीले त्यो स्थानलाई सिल गर्यो ।

घटना स्थलको त्यो हृदयविदारक दृश्य देखेका एक जना स्थानीयले भावुक हुदै भने, ‘यो घटनाले हामीलाई अझैपनि यो वनमा वम हुन सक्छ भन्ने लागेको छ । अव त हाम्लाई बाहिर मेलापात गर्न, खेतवारी जान समेत डर हुनेभयो । युद्धका वेला जस्तै कतिवेला मरिने हो भन्ने डर छ हजुर ।’
प्रायः गाउँ नै त्रसित देखिन्थ्यो, त्यहाँ आउने जनप्रतिनिधी, विभीन्न सरोकारवाला निकायका व्यक्तिलगायत सवैले घटनाले रोल्पालाई फेरि पुरानो याद दिलाएको वताए ।

विस्फोर्टमा परेर मृत्यु भएका रोल्पाका चार बालबालिकाको शव भने शुक्रबार उठाइएको छ । पीडित परिवारले घटनाको निष्पक्ष छानविन हुनुपर्ने, अनायासै ज्यान जानुपरेकोमा मृतकलाई शहिद घोषणा गर्नुपर्ने, जंगल क्षेत्रमा विष्फोटक पदार्थ हुनसक्ने भएकाले त्यसको खोजी गर्नुपर्ने र उचित क्षतिपूर्तिको माग गरेपछि शव उठाउने कार्य केही ढिला भएपनि मध्यान्ह १ बजे मात्र संभव भएको थियो । शव हिजो नै पोस्र्टमाटमका लागि दाड पठाइएको छ ।

शव उठाएलगत्तै घटना स्थलमा फेला परेको अर्को वमलाई खड्ग दल गण लिबाङ र दाङको घोराहीस्थित ऋतुमर्दन गणबाट खटिएको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
ऋतुमर्दन गणबाट मेजर निमेश पन्थीको टोली घटनास्थल पुगेको थियो । साथै पाँच नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश ५ सदस्य दिपेन्द्र पुन सिजल, प्रदेश प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक कर्णबहादुर बुढामगर, जिल्ला प्रहरी प्रमुख प्रनाउ गुरुङ घटनास्थल पुगेका थिए । घटनास्थलमा पुगेको सुरक्षा स्रोतका अनुसार युद्धकालमा जंगलमा छोडिएको ‘टुइन्च मोर्टार’को सेल विष्फोट भएको हुनसक्छ ।