उत्तर वलीको अभाव पूर्ति गरौ : मुख्यमन्त्री शंकर पोख्रेल
दाङ,२२ कार्तिक । मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोख्रेलले स्वर्गीय उत्तरकुमार वलीले पश्चिम दाङको विकासमा योगदान पु¥याएको चर्चा गर्दै उनको अभावलाई पूर्तिी गर्नेगरी वली पत्नी बिमलालाई उम्मेदवार बनाएको बताएका छन् ।
मनोनयनपछि आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले भने– ‘त्यस क्षेत्रका जनताले नेकपालाई साथ दिएका छन्, नेकपाले पनि जनताको आकांक्षा पूरा गर्दै आएको छ । अब यो प्रक्रियालाई निरन्तरता दिनका लागि नेकपाको जित अनिवार्य हुनेछ ।’ निर्वाचन हुँदै गरेको क्षेत्रका जनाताको भावनाअनुसार वलीलाई उम्मेदवार बनाएको भन्दै पोख्रेलले उम्मेदवारका आकांक्षी शोभाराम बस्नेतलाई ‘यथोचित सम्मान’ गर्ने कुरामा पार्टी नेतृत्व गम्भीर रहेको पनि बताए ।
‘कार्यकर्ताको उत्साह हेर्ने हो भने नेकपाले चुनाव जितिसक्यो’, पोख्रेलले भने– ‘सबै कार्यकर्ताहरु दिनरात खटेर उत्तरकुमार वलीले पाएको भन्दा बढी मत ल्याउनुपर्दछ भन्ने म ठान्दछु ।’ उनले यो दुई बर्षमा आफूहरुले गरेको
विकासका आधारमा चुनाव जित्न सजिलो हुने दावी पनि गरे । नेकपा नेता पोख्रेलले सो क्षेत्रबाट अरु पार्टीले जितेमा उसको काम भाषण गर्ने मात्र हुने दावी पनि गरे । ‘पाँच बर्षसम्म तीन तहकै सरकारमा नेकपा छ’, उनले भने– ‘नेकपाले जितेमा विकास अभियानमा साथ दिन सक्छ, अरुले जिते भने भाषणमा मात्र गर्ने हो ।’