calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दाङ,९ चैत । दाङमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–६ निवासी अन्दाजी २२ बर्षीय बिवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिए ।

उनका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही–१६ गरुवा गाउँमा शनिवार बिहान साढे ५ बजेको समयमा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रा ८ प ३४१ नम्बरका मोटरसाइकल चालक सुवेदीको मृत्यु भएको हो भने रा २ प ६१६३ नम्बरको मोटरसाइकल चालक घोराही–११ निवासी ३४ बर्षीय विनोद बस्नेत गम्भिर घाइते भएका छन् ।

उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक सुवेदी घोराहीबाट प्रकाशित हुने गोरक्ष राष्ट्रिय दैनिक, नयाँ युगबोध राष्ट्रिय दैनिकलगाएतका पत्रिका तुलसीपुरसम्म ल्याउने काम गर्दै आएका थिए । पत्रिका लिएर तुलसीपुर जाने क्रममा दुर्घटनामा परेका थिए ।