श्रीराम दहित
हामी सत्य भावनामा हराउँ सधैं रमाउँ भावनामा!
बनावटी शब्द पोख्नु हुँदैन सिर्जना गरौँ सधैं सत्य भावनामा!
जीवनका हरेक भोगाइ परिस्थिति सबैका लागि प्रेरणा बनुन् भावना !
मानव मुल्य बुझ्न् बुझाउन हाम्रो तिर्सना सधैं बनुन् भावना !
सगरमाथा शिखर जत्तिकै उच्च विचार सिर्जना होउन् सबैका भावना !
पछिल्लो पिँढिलाई उचालौं दिएर सकारात्मक विचार सिँढि बनुन् भावना !
हाम्रो नजर गिद्दे नहोस् सधैं उँधो हेरौं सुन्दर मार्ग बनोस् भावना !
छाड्न छान्न नपरोस् हाम्रो विचार सिर्जना रूपी मार्ग बनोस् भावना !
जहाँ जाऔं त्यहीँ सिर्जना गरौँ गरौँ बनोस् हाम्रो सुकर्म भावना !
मार्ग निर्देश गरुन् मातृभुमि प्रति प्रेम जागृत गरोस् तिर्सना भावना !
नदी तलाउ अवलोकन गर्दै गर्दा डुङ्गा सयर गरेको जागोस् भावना !
प्राणी हितमा सधैं यात्रा गरौँ दाग नलागोस् चरीत्रमा सबैको भावना !
भोको ज्यामिको खाद्य अभावमा सिर्जना फुटोस् बनोस् साझा भावना !
यन्त्र कलायन्त्रले बोलुन् बिरहि भाका सुरताल बनोस् साझा भावना !
प्रभातकालिन सन्ध्या बनुन् सिर्जना हमेसा रक्त सञ्चार झैँ बनोस् भावना !
चैत बैशाखको खडेरीमा वर्षे भेल बनोस् असल कर्मको सधैं भावना !
कर्मकाण्डीले भनुन् सिर्जना धर्म ,नेताले भनुन् सिर्जना कर्म बनोस् भावना !
अनास्था हटोस् हामी बाट सुन्दर सिर्जना सधैं होस् साझा भावना !
नम्र ,विनयशिल ,स्वाभिमानी सदाचारि सिर्जना फुटोस् सधैं साझा भावना !
सिर्जना बनावटी अक्षर शब्दमा सिमित नहोउन् प्रेरणा रूपी साझा बनोस् भावना !