calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

जन्मदिनमा करिव ४० हजारको फुटबल सामग्री सहयोग

लक्ष्मण बस्नेत
दाङ,८ चैत । अखिल नेपाल टेवलटेनिस संघका केन्द्रीय सदस्य ऋषिराज लहरे अरुणले स्कुल स्पोर्ट्स फुटबल एकेडेमी (एसएसएफए) तुलसीपुरलाई फुटबल खेल साम्रगी प्रदान ग।ृका छन् ।

शुक्रवार आफ्नो जन्मदिनको अवसर पारेर अरनिको खेलमैदानमा खेलाडीसंगै जन्मदिन मनाउन पुगेका लहरेले फुटबलको क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको एसएसएफएलाई झन्डै ४० हजार बराबरको मोल्टन,इरा कम्पनीका २० थान म्याच बल सहयोग गरेका हुन ।

आफ्नो जन्मदिनको केक काटेर एसएसएफएका अध्यक्ष सुधिर गुरुङलाई फुटबल साम्रगी हस्तान्तरण गरेका दाङ जिल्ला टेवलटेनिस संघका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी समेत रहेका लहरेले फुटबलमा भविष्य खोज्दै गरेका खेलाडीलाई थप हौसला प्रदान गर्न साम्रगी सहयोग स्वरुप प्रदान गरिएको बताए ।

फुटबल खेल विश्वमै लोकप्रिय खेल हो तर केन्द्र, प्रदेश र स्थानिय सरकारले खेलकुदलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो नबाउदाको पीडा आफुले पनि खेपेकाले आज विशेष दिनमा सिङ्गो खेल क्षेत्र र खेलाडीका लागि सहयोग गर्नुपर्छ भन्ने भावना जागृत गर्न सो साम्रगी सहयोग गरिएको उहाले बताए ।

त्यस अवसरमा एसएसएफएका अध्यक्ष सुधिर गुरुङले फुटबल खेल र खेलाडीका लागि गरिएको सहयोगले नियमित अभ्यासमा सहज हुने भन्दै आभार प्रकट गरेका थिए ।