Goraksha

National Daily

सम्मेलनलाई केन्द्रीय सदस्य चौधरीले सम्वोधन गर्ने

गोरक्ष समाचारदाता
दाङ, ८ चैत । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश (ख) सम्मेलन यही चैत्र १६ गते लमहीमा हुने भएको छ ।

बर्षभरी गरेका कामहरुको समीक्षा तथा सुझाब संकलनका लागि नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार नेपाली कागं्रेस क्षेत्र नं. १ (ख) ले चैत्र १६ गते सम्मेलन गर्न थालेको हो ।

सम्मेलनले काँग्रेसीबिचको सामिप्यतालाई प्रगाढ गराउने र जसले नेपाली काँग्रेस सिँगो पार्टीलाई अगाडि बढ्न सहयोग पुग्ने कागं्रेस क्षेत्र नं. १ (ख) का सभापती दिनेश गिरीले जानकारी दिएका छन् ।

प्रदेश सम्मेलनलाई सम्वोधन नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको प्रमुख अतिथीका रुपमा चौधरी आउने कार्यक्रम तय भएको प्रदेश सभापति गिरीले जानकारी दिनुभएको छ । सम्मेलनमा बर्षभरी गरेका कामहरुको समीक्षा, सुझाब संकलन तथा भाबी योजनाका तय गरिने सभापती गिरीको भनाई छ ।

चैत्र १६ गते लमही नगरपालिकाको हलमा हुने प्रदेश सम्मेलनमा प्रदेश समितीले नेता, कार्यकर्ता तथा शुभेच्छुक लगायत सम्पूर्णमा अनिवार्य उपस्थितीका लागि अनुरोध गरेको छ ।