calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

अवस्थामा परिवर्तन अपरिहार्य

के. पी. सुवेदी

आजकल नेपालमा विभिन्न आन्दोलन चल्दैछन् । तिनीहरुको माग र मुद्दाहरु सम्बोधन गर्न सरकारले केही गर्दै छ कि छैन ? यस विषयमा स्पष्ट हुन हालै गरेका सरकारका निर्णयहरु खोतलेर हेरे भइहाल्छ । पूर्वराजा ज्ञानेन्द्र धार्मिक यात्रा सकेर पोखराबाट काठमाडौं फर्किँदा विभिन्न स्वार्थ समूह राजतन्त्रको पुनर्वहाली माग गरेर विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।

विमानस्थलको मुख्य प्रवेशद्वारमा बाक्लो उपस्थितिमा मानिस जम्मा भएपछि स्वागत कार्यक्रमका आयोजकहरु उत्साहित हुनु कुनै आश्चर्यजनक घटना होइन तर आयोजकहरु पूर्वराजालाई श्रीपेच लगाएर राजगद्दीमा बसाल्ने क्षमता हामीलाई प्राप्त भयो भनेर हौसिने र यता गणतन्त्रका महारथीहरु श्रीपेच लगाइदिने भए, लगाइहाले हामी के गर्ने भनेर छटपटिएको र जथाभावि बोलेको सुन्न प¥यो । नारायणहिटी प्रवेश गरिहाल्ने, श्रीपेच लगाइदिहाल्ने बच्चाबच्चीको खेलजस्तो हलुका ढङ्गले लिएको सुन्दा अचम्म मात्रै लागेन अलि दिक्क पनि लाग्यो । राजावादी गद्दीमा बसाइहालम् भन्ने र त्यही ढङ्गले पत्याइदिने हाम्रो नेतृत्व कति अपरिपक्वता रहेछ, कति हताशाबाट गुज्रिँदा रहेछन् विशिष्ट परिस्थितिमा भन्ने गजबको उदाहरणहो यो ।

एकथरि विगठन भएको राजदरबारलाई सुमेरु सम्झेर त्यसैको परिक्रमा गर्दै जतिसुकै ठुला अपराध गरे पनि त्यसबाट उन्मुक्ति पाइने विश्वासमा रमाउने । त्यसैमा अर्कोथरि विभिन्न बैंकहरु र सहकारी ठगेर बदनाम भएको तङ्खवहरु, अर्कोथरि गणतन्त्रमा विचारले प्रतिस्पर्धात्मक राजनीतिक धरातल कमजोर भएका स्वार्थी समूहहरुको सङ्गम । त्यसबाहेक दशदेखि पन्द्र प्रतिशत रमितेसमेतको जनसहभागितामा निस्केको जुलुसले राजतन्त्रको समर्थन र गणतन्त्रको विरुद्धमा नारा लगाउँदैमा राज्यसत्ता उल्टिने कति सम्भावनाहुन्छ भन्ने हेक्का उनीहरुलाई छैन होला कसरी भन्ने ? त्यसभित्र पनि उनीहरुकै भाषामा घुसपैठ भएको कुरा भनिएको छ ।

छिमेकी मुलुक भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रदर्शन गरेर दिन खोजेको सन्देशले सकारात्मक अपरिणाम दिन असम्भव हुन्छ । गणतन्त्रको विरुद्धमा बोल्ने गतिलो तर्क नभएपछि विदेशीले ल्याइदिएको भनेर फ्याउरोको भाषामा
(एउटा फ्याउरो बाटोमा हिडिरहेको समयमा अङ्गुरको बोटमा लटरम्म फलेको खानलायक पाकिसकेको देखेपछि टिप्न अनेक प्रयास ग¥यो तर हत्ते गर्दा पनि टिप्न नसकेपछि अन्तिममा अङ्गुरलाई चुकिलो रहेछ भनेर टिप्ने कोसिस त्याग्यो र अगाडि बढ्यो) गणतान्त्रिक लोकतन्त्रको विरुद बरबराउँदै आएका पूर्वमङ्गले र नवमङ्लेको अभ्यास गरिरहेका कथित आधुनिक मानवहरु अहिले नै आपसमा आरोप प्रत्यारोपमा उत्रिसके छन् । आफूलाई राजावादी मध्यमा अब्बल सावित गर्न अर्कालाई ढोक्सा थापेको आरोपित गरेको सुनेपछि उनीहरुको आन्दोलनको गन्तव्य अन्दाज हुन्छ ।

यता राजावादी नाम दिएको पूर्वराजा ज्ञानेन्द्र शाहलाई विष्णु भगवान्को दशौँ अवतार मान्ने समूहहरुको सामाजिक सञ्जालमा गरिएको अतिशयोक्तिपूर्ण प्रचारवाजीले गणतान्त्रिक शक्तिका अगुवाहरु आत्तिएको देख्दा देशीविदेशी प्रतिगामी शक्तिहरु उत्साहित भएका छन् । तर, प्रजातन्त्रात्मक व्यवस्था ल्याउन कतिको सहादत र बलिदान छ भन्ने यति छिट्टै बिर्सिने विषय हो र ? तर त्यहाँ पनि केही राज पक्कै पनि छ । लाखौँ जनताको त्याग र दशौँ हजारको बलिदानबाट प्राप्त जनताले स्वामित्व ग्रहण गरेको लोकतान्त्रिक व्यवस्था सही ढङ्गले चलाउन नसकेर, लोभी, लाछी र आफ्ना आसेपासेलाई काखी च्यापेर जनताको परिवर्तनको चाहनामा कुठाराघात गर्ने चरित्रको उदय भयो ।

त्यसको दोष कसैलाई दिने ठाउँ छैन । त्यो दोष हाम्रो नेतृत्वले लिनै पर्छ । अहिले डराउने कारण त्यही हो भन्ने जनताले पनि बुझेका छन् । आफ्नो नजिकको मानिस जतिसुकै असक्षम र अयोग्य भए पनि त्यसलाई सुविधा दिलाउन क्षमतावान्लाई पन्छाउने र त्यसकै लागि कानून फेर्न पनि पछि नपर्ने कुकर्मको चाङ लागिसक्यो भन्ने होस आएर आत्तिएको अर्थमा बmुभ्mदा सही हुनसक्छ । होइन भने सामान्य जनताले समेत बुझेको कुरा, संविधानमा कुनै परिवर्तन नगरी कसैले सिधै बलमिच्याइँ गरेर राजाको सिंहासन मिल्छ ? देशव्यापी आन्दोलनले दशौँ लाख मानिस सडकमा निस्केर व्यवस्था परिवर्तनको माग गरे भने योभन्दा राम्रो विकल्पमा सहमति गर्न सकिने परिस्थिति आउन सक्छ ।

अगाडिको विकल्प खोज्न सधैँ खुला हुने व्यवस्था संविधानमा लेख्न सकिन्छ । त्यसको लागि पनि प्रतिनिधि सभा व्यवस्थापिका छ, त्यसको आफ्नै प्रक्रिया छ । प्रक्रियामा अवरोध गरिएको अवस्थामा वैकल्पिक मार्गको खोजी गर्न सकिन्छ । त्यसो गर्नलाई सकारात्मक परिवर्तन या यसरी होइन यसरी हुनुपर्छ भनेर योभन्दा उत्तम र जनताप्रति जवाफदेही बनाउने व्यवस्था होस् या अवस्था जसमा जनताको सार्वभौमिक अधिकार सुरक्षित हुने प्रत्याभूति छ भने हुनसक्छ तर जनतामा निहित सार्वभौमसत्ता व्यक्तिमा केन्द्रित गर्ने शासनको माग गर्ने उन्नत या आधुनिक मानव हुन् भन्नै सकिन्न ।

नबुझेर अन्जानमा यो भन्दा राम्रो हो कि भन्ने हो भने, संविधानभन्दा माथि अपरिवर्तनीय व्यक्ति कुनै प्रतिस्प्रधाद्वारा नभई वंशको आधारमा चाहे जतिसुकै क्रुर, अविवेकी र सुस्त मनस्थिति या कुनै मानवीय संवेदनाले च्युत भएको भए पनि त्यसको उत्तराधिकारी शासक हुने प्रणाली स्थापित गरौँ भन्दै देशका सेना, प्रहरीलगायत देशको सुरक्षा संयन्त्रहरुलाई बहकाउने कोसिस गर्नेहरु न जनताको पक्षमा हुनसक्छन् न त राष्ट्रको पक्षमा हुन सक्छन् । त्यसैले अवस्था परिवर्तन अपरिहार्य छ ।