काठमाडौमा भएको शिक्षक आन्दोलनमा सहभागीलाई नेपाल शिक्षक महासंघ दाङद्वारा धन्यवाद ज्ञापन

दाङ, २ चैत । नेपाल शिक्षक महासंघ दाङको बैठक शनिबार घोराहीमा सम्पन्न भएको छ। बैठकमा शिक्षकहरूको हकहित, आन्दोलन, र खर्च व्यवस्थापन लगायतका विभिन्न विषयमा छलफल गरी महत्वपूर्ण निर्णयहरू पारित गरिएको छ।

महासङका जिल्ला अध्यक्ष युवराज बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले चैत्रको ५ गतेपछि दाङ जिल्लालाई तीन क्षेत्रमा विभाजन गरी देउखरी घोराहि र तुलसीपुरमा सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरूसँग आन्दोलनलाई व्यवस्थापन गर्ने सम्बन्धमा छलफल तथा अन्तरक्रिया सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले गर्दा शिक्षक (आन्दोलका क्रममा हाम्रा माग मुद्दाका बारेमा जानकारीसहित ज्ञापन पत्र सहित दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संधिय सभासद ज्यूहरूलाई भौतिक रूपमा प्रत्यक्ष भेट गर्न सम्भव नमार सचिवालय मार्फत लागी ज्ञापनपत्र बुझाइएको गतफागुन २४ गते काठमान्डौमा भएको आन्दोलनमा सहभागी सम्पूर्ण दाङ जिल्लाका शिक्षक साथीहरुलाई धन्यवाद गत वर्ष भएको खर्च र यातायात खर्च पुग्ने गरी १ देखि २ दिनको तलव बरावर रकम सबै शिक्षकबाट उठाई स्थानीय पालिका महासंघले खर्च सार्वजनिक गर्ने र हिसाव आफैले राख्ने, निर्णय गरेको छ ।

साथै गतवर्षको आन्दोलनमा रकम नउठाउनु भएका शिक्षकबाट २ दिनको र गत बर्ष उठाउनु भएकाले १ दिनको तलब बराबर उठाउने निर्णय गरेको छ । साथै संघीय तलव खाने शिक्षक, कर्मचारीबाट अनिवार्य र अन्यवार स्वश्थीच्छीक रूपमा रकम उठाउने, फागुन २४ गते काठ‌माण्डौमा भएको आन्दोलनमा सहभागी हुने शिक्षक । संख्या ३ सय रहेको र प्रति सदस्य र ५१०० र( खर्च भएकाले सोही अनुसारको खर्च भुक्तानि दिनहुन सबै १० वटै पालिका लाई जानकारी सहित अनुरोध गर्ने निर्णय गरिएको छ ।

साथै शुभप्रभात मावि घोराही १४ दाङमा प्रअमाथि भएको सांघातिक हमलालगायत अन्य जिल्लाकाअन्य विद्यालयहरुमा भएका अराजक गतिविधिद्ध त्रसित पूर्ण वातावरण सिर्जना भएकाले यस्ता घटनाहरू दोहोरिन नदिनका लाड़ो स्थानीय सरकारमार्फत ध्याना(कर्षण गराउने साथै आगामी दिनमा यस्ता प्रकारका घटना दोहोरिएमा दंगाली शिक्षकहरु कडा आन्दोलनमा जाने निर्णय गरेको छ ।

साथै शिक्षक आन्दोलन‌का क्रममा आन्दोलनलाई टेवा पुग्ने गरि प्रस्तुत गरिएका गित, सगीत, कथालाई उत्प्रेरित , कथा, कविता आदीमार्फत शिक्षक आदर्श वाविः देउपुर लमहीका शिक्षक बासु अधिकारीलगायत सवैलाई धन्यवाद दिने निर्णय बैठकले गरेको छ।