Goraksha

National Daily

शान्तिनगरमा वित्तीय साक्षरता सम्वन्धी सचेतना

दाङ,१ चैत । स्वावलम्वन लघुवित्त वित्तिय सस्था लिमिटेडले शान्तिनगर गाउँपालिकामा वित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

स्वावलम्वन लघुवित्त वित्तिय सस्था शाखा कार्यालय धनौरीको आयोजनामा विहिवार भएको वित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रममा ९० जना बढीको सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमाकुमारी केसीले सस्थाले वित्तीय ज्ञान, व्यवसाय प्रवद्र्धन तथा उद्यमशीलताको विकासमा सहयोग पु¥याउँदै आएको बताएकी थिइन ।

कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष केसीले सस्थाले शान्तिनगरसँगै बबई र दंगीशरण गाउँपालिकामा वित्तिय सचेतनासँगै उद्यमशिलतामा सदस्यहरुलाई जोड्दै आत्मनिर्भर बनाउन सहयोग गरेको बताइन । केही गर्ने उद्देश्य राखी कर्जा दिने र उद्देश्य अनुसार कर्जाको सदुपयोग गर्न सके आफु व्यवसायिक बन्नुका साथै स्वरोजगार बन्न सहयोग गर्ने भएकाले कर्जालाई सही रुपमा सदुपयोग गर्न आग्रह गरेकी थिइन ।

कार्यक्रममा स्वावलम्वन लघुवित्त वित्तिय सस्थाका इलाका कार्यालय घोराहीका प्रवन्धक कृष्ण खनालले स्वाभलम्वन लघुवित्तले देशभरका ६१ जिल्लामा १४५ शाखा तथा उपशाखामार्फत दुई लाख ६३ हजार एक सय बढी घर परिवारलाई वित्तिय सेवा प्रदान गर्दै आएको बताए । नेपाल राष्ट बैंकबाट ‘घ’ बर्गको इजाजत प्राप्त लघुवित्त सस्थाले वित्तिय प्रणालीमार्फत ग्रामीण क्षेत्रमा शिक्षा र व्यवसायका माध्यमबाट गरिवी निवारण र रोजगारी सिर्जना गर्दै महिला उद्यमी उत्पादनमा सहयोग गर्दै आएको छ ।

कार्यक्रममा वित्तिय शाखाका तुलसीपुरका प्रवन्धक बाबुराम श्रेष्ठले वित्तिय सस्थाले विभिन्न सामाजिक उत्तरदायित्व, कार्यक्रममार्फत सस्थाको प्रसुति, सुविधा,शैक्षिक सामग्री वितरण,वृक्षारोपन तथा फलफुलका विरुवा वितरण गर्ने गरेको बताए ।
शाखा कार्यालय धनौरीका प्रमुख बिमल श्रेष्ठले वित्तिय सस्थाले शाखा कार्यालय धनौरीले २०६६ सालदेखि सेवा प्रारम्भ गर्दै अहिलेसम्म करिव १९ सय बढी परिवारलाई सेवा दिदै आएको बताए । उनले स्थानीयलाई कर्जा बिमा, आम्दानी गर्न र व्यवसायिक बनाउन विभिन्न प्रकारका कर्जा लगानीमार्फत लगानी गरेर सहयोग पु¥याउँदै आएको बताएका थिए ।
कार्यक्रममा शान्तिनगर गाउपालिका वडा नं. ७ का अध्यक्ष ताराबहादुर वली, इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक खिमबहादुर खड्का, वित्तिय सस्था वित्तिय सस्थाका घोराही इलाका प्रवन्धक कृष्ण खनाल, शाखा कार्यालय तुलसीपुरका प्रवन्धक बाबुराम श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
केन्द्र नं.७१ की प्रमुख सिता पोख्रेलको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण शाखा कार्यालय धनौरीका कर्मचारी उषा बोहरा र हरिप्रसाद चौधरीले गरेका थिए । कार्यक्रमको सञ्चालन वित्तिय सस्थाका बरिष्ठ सहायक उदयराज अधिकारीले गरेका थिए ।