calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

‘आर्थिक विकासको आधार होटल व्यवसाय’

गोरक्ष समाचारदाता
दाङ, २९ फागुन । होटल व्यवसाय आर्थिक तथा पर्यटना विकासको आधार रहेको कार्यक्रमका सहभागीले जोड दिएका छन् । दाङ देउखुरी होटेल व्यवसायी समितिले बुधवार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्ने वक्ताले होटल व्यवसायलाई मर्यादित र गुणस्तरीय बनाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रम समितिका अध्यक्षतामा ईश्वर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले होटेल व्यवसाय आर्थिक विकासको मुख्य आधार भएको भन्दै होटेल तथा पर्यटन व्यवसायीलाई प्रवर्धन गर्दै सुरक्षित व्यवस्थित र दिगो बनाउन सबै क्षेत्र लाग्नुपर्ने बताए । हरेक ठाउँबाट आउने आगन्तुक तथा पर्यटक होटेलसँग प्रत्यक्ष रूपमा पहुँचमा हुने र होटेल चलायमान बन्दा सबै क्षेत्र आर्थिक रूपमा बलियो बन्न सक्ने भएकाले यसको लाभ सबै क्षेत्रले लिन सक्ने बताए ।

नवनिर्वाचित टिमले संस्थागत विकासलाई जोड दिँदै व्यवसायीलाई अप्नत्व महसुस गराउँदै सदस्यता बढाएर लैजान सुझाव दिए । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले होटेल व्यवसाय रात्रिका लिन व्यवसाय भएकाले पनि राति होटेल खोल्ने समय बढाउने विषयमा प्रशासनले साथ दिने बताए ।

कार्यक्रममा समितिका अध्यक्ष बुढाले समितिको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै होटेल उद्योगलाई अझ प्रतिस्पर्धी र दीगो बनाउनका लागि आगामी योजना प्रस्तुत गरेका थिए । व्यवसाय प्रवर्धनका लागि स्थानीय महोत्सव तथा प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने, रात्रिकालीन व्यवसाय सञ्चालनको लागि समय तथा सुरक्षाको प्रत्यभूति दिलाउने, व्यवसाय दर्ता कर तथा लेखा प्रणालीसम्बन्धी तालिमको सञ्चालन गर्ने, दाङ जिल्लाको पर्यटन व्यवसाय अवसर सम्भावना र चुनौती विषयक विचार गोष्ठी सञ्चालन गर्ने, दाङ जिल्लाको धार्मिक सांस्कृतिक सम्पदा संरक्षण गर्दै पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने, व्यावसायिक सिप सिकाइ आदानप्रदान अवलोकन तथा अध्ययन भ्रमण गर्ने, दक्ष जनशक्ति उत्पादन गर्दै श्रमिक व्यवस्थापनमा सहज गराउनुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी डिजिटल प्रविधिको उपयोग गरी डिजिटल मार्केटिङमा जोड दिने, सहुलियत दरमा कर्जाको लागि पहल गर्ने र स्वास्थ मापडण्दअनुसार व्यवसाय सञ्चालनका लागि पहल गर्ने योजनाहरू अगाडि सारेको अध्यक्ष बुढाले जानकारी दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सोम घर्तीले होटेल व्यवसायीलाई सुरक्षित बनाउने कुरामा व्यवसायीसँग समन्वय गर्दै आफूहरूले काम गर्ने बताए । दाङ जिल्ला उद्योग वाणिज्य सघका अध्यक्ष वसन्त जोशीले व्यवसायीको हितमा केन्द्रित भएर समय सापेक्ष बन्दै आफ्ना गतिविधिलाई सञ्चालन गर्न सुझाव दिए ।

चेम्बर अफ कमर्श दाङका अध्यक्ष विकास अग्रवालले होटेल व्यवसायीले होटेलको स्तर अनुसार मूल्यमा एकरुपता ल्याउनुपर्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले दाङमा व्यावसायिक गतिविधिलाई बढाउँदै आर्थिक समृद्धि ल्याउन फरक तरिकाले नयाँ योजनाका साथमा काम गर्न आवश्यक रहेको बताए ।

समितिका पूर्वसचिव घनश्याम अधिकारीले विगतका दिनको तुलनामा वर्तमान समयमा होटेल व्यवसायीले धेरै सुरक्षित वातावरण पाएका भन्दै यसलाई अझ सुरक्षित बनाउँदै लैजानुपर्ने बताए । समितिका द्वितीय उपाध्यक्षमा बुद्धिप्रकाश शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव श्यामकुमार विकले गरेका थिए ।

नेपाल पुलिस क्लब पनि दुई खेलमा दुई जितसहित चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । अहिलेसम्मको खेलमा विभागीय डर्बीकै वर्चस्व देखिएको छ । दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रङगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरू राउन्ड रोविनका आधारमा भइरहेका छन् ।