Goraksha

National Daily

भूमिमाथीको अतिक्रमण अस्वीकार्य : कांग्रेस

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसंग टेलिफोन संवाद गरी सो नक्सा प्रति गंभिर असहमति प्रकट गरेका छन् । उनले संवादका क्रममा भारतले एकपक्षीय रुपमा सार्वजनिक गरेको नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउंदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेकोे तथ्य स्मरण समेत गराएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको बिज्ञप्तीमा सो कुराको जानकारी गराइएको छ । बिज्ञप्तीमा अगाडी भनिएको छ, ‘यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथी उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ ।’

कालापानी र लिपुलेक नेपालको अविभाज्य भुमि रहेकोे तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ भन्दै बिज्ञप्तीमा ‘हाम्रा कुनैपनि भुमीमाथी हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ’ भनिएको छ ।