calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

करविरुद्ध वडा कार्यालयमा धर्नासँगै हस्तारक्षर सङ्कलन

गोरक्ष समाचारदाता
दाङ, २८ फागुन । नेपाली कांग्रेस घोराही नगर समितिले घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा गरेको कर वृद्धिको विरोधमा वडा कार्यालयमा धर्ना तथा ज्ञापनपत्र बुझाएको छ । घोराहीका १९ वटै वडा कार्यालयमा एकघण्टा धर्नासहित हस्ताक्षेर सङ्कलन गरेको छ । कांग्रेसका वडा इकाइ समितिले धर्नासहित हस्ताक्षेर सङ्कलन गर्नुको साथै वडाध्यक्षहरूलाई ज्ञापनपत्र बुझाएका हुन् ।

सबै वडा कार्यालयमा नगर कार्यसमितिको आयोजनामा भएको धर्ना तथा हस्ताक्षेर कार्यक्रममा नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो । हस्ताक्षर जम्मा गरेर घोराही उपमहानगरपालिकालाई बुझाइने नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावतले जानकारी दिए । धर्नासहित हस्ताक्षर उपमहानगरपालिकामा बुझाइने सभापति रावतले बताएका छन् । ‘हामीले साङ्केतिक रूपमा विरोध गर्न उक् घण्टा मात्र हस्ताक्षर सङ्कलन गरेका हौँ’, उनले भने । उपमहानगरपालिकाले बढाएको करको विरोधमा कांग्रेसलगायत विभिन्न सामाजिक संघसंस्थाले विरोध गदै आएका छन् । यस अघि सम्पत्ति कर र भूमि करमा गरिएको वृद्धिले जनतालाई मारमा पार्ने काम गरेको भन्दै सच्याउन माग गर्दै कांग्रेस घोराही नगर समितिले ज्ञापनपत्र बुझाएको हो ।

घोराही उपमहानगरपालिकाले सम्पत्ति कर र भूमि करको दर शीर्षक अन्तर्गत भूमि कर अनुसूची १ दफा (२) र (३) सँग सम्बन्धित कर वृद्धि र व्यावसायिक कर अनुसूची ३ दफा (५) सँग सम्बन्धित सबै व्यवसायमा अधिकतम कर वृद्धि हुनुले स्थानीय सरकार जनतामुखी नभएर मनोमानी ढङ्गले चलेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षले उठाएका जनसवालको मुद्दालाई अविलम्ब पुनर्विचार नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिँदै आएको छ ।

घोराही उपमहानगरको आन्तरिक स्रोत कम हुँदै गएकाले कर वृद्धि गरिएको जनाइएको छ । विगत छ वर्षदेखि करवृद्धि नभएको र चालु आर्थिक वर्षमा मालपोत र व्यवसायी कर वृद्धि गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ । लामो समयदेखि कर वृद्धि नभएको र चालु आर्थिक वर्षमा करमा केही प्रतिशत वृद्धि गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको नगर सभाले निर्णय गरेर कर वृद्धि गरेर लागु गरेको जनाएको छ । आन्तरिक आम्दानी कम भएको हुँदा कर वृद्धि गरिएको उपमहानगरपालिका स्रोतले जनाएको छ । गत वर्ष १० रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म रहेको मालपोत कर चालु आर्थिक वर्षमा २० रुपैयाँदेखि छ सय रुपैयाँ पुगेको छ ।