Goraksha

National Daily

सेवाग्राहीलाई सेवा लिन सहज हुनेछ : नेता खनाल

हिमाल महरा
कमिरेचौर, २४ फागुन । बंगलाचुली गाउँपालिका–४ को नवनिर्मित वडा कार्यालय भवन शुक्रवार एक समारोहकाबिच उद्घाटन गरिएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालले भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा प्रदेश सभा सदस्य खनालले वडा कार्यालय भवन निर्माण भएसँगै नागरिकले सहज रूपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । जनप्रतिनिधिलाई जनताको सेवा प्रभावकारी बनाउन विशेष ध्यान दिन उनल आग्रह गरे । कार्यक्रमका अध्यक्ष एवम् वंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले विगतका वर्षमा पालिकामा विभिन्न पूर्वाधार निर्माण कार्य सम्पन्न भएको उल्लेख गर्दै, आगामी दिनमा पालिकाको समग्र विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्यसम्पादन प्रभावकारी हुन नसक्ने उल्लेख गरे । नवनिर्मित भवनबाट सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने उनको भनाइ छ ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ (क) का कोषाध्यक्ष नारायणप्रसाद भण्डारी, नेपाली कांग्रेस बंगलाचुलीका सभापति जागेश्वर अधिकारी, नेकपा (एमाले) का प्रतिनिधि सुशील परियार, नेकपा (माओवादी केन्द्र) वंगलाचुलीका अध्यक्ष सविराम कामी, वडा नं. २ का अध्यक्ष मैते पुन, वडा नं. ४ का अध्यक्ष डाँसबहादुर डाँगी, वडा नं. ६ का अध्यक्ष डोमबहादुर केसीलगायतको सहभागिता रहेको थियो ।

करिब ३९ लाख ४० हजार रुपैयाँ लागतमा निर्माण गरिएको पाँचकोठे भवन जिपिओ कन्स्ट्रक्सन प्रालिले करिब आठ महिनामा निर्माण सम्पन्न गरेको वडाध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखाका प्रमुख गोपाल केसीले गरेका थिए ।