गोरक्ष समाचारदात
दाङ, २२ फागुन । घोराहीमा ४५ दिने बुटिक तालिमको समापन गरिएको छ । घरेलु तथा साना उद्योग दाङ आयोजना तथा दाङ महिला जेसीजको सहजीकरणमा सञ्चालित ४५ दिने बुटिक तालिमको समापन गरिएको हो ।
दाङ महिला जेसीजका अध्यक्ष अनिता ढकालको अध्यक्ष तथा पूर्वमन्त्री ंएवम् लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । प्रदेश सभा सदस्य खनालद्वारा आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजित रकमबाट सञ्चालित उक्त तालिमको समापन गरिएको हो । ४५ दिने बुटिक तालिमको समापन गर्दै प्रमुख अतिथि खनालले महिलालाई आत्मनिर्भर बनाउन यस्ता तालिम महत्वपूर्ण हुने बताएका थिए ।
तालिम अवसरका रूपमा लिँदै महिलाहरू आयआर्जनमा जोडिए आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका थिए । घरेलु तथा साना उद्योग दाङका प्रमुख सन्तोष सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष दीपा पुनले आस्था पाठ गराएकी थिइन् । कार्यकारिणी उपाध्यक्ष लक्ष्मी चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गरेकी थिइन् । कार्यक्रममा तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।