Goraksha

National Daily

‘जनताले पार्टी सरकारमा भएको अनुभूति गर्न पाएनन्’

नेपाली कांग्रेस घोराहीको तेस्रो नगर सम्मेलन
अमरराज आचार्य
दाङ, २० फागुन । नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेस सरकारमा भए पनि नागरिकले कांग्रेस सरकारमा भएको अनुभूति गर्न नपाएको बताएका छन् । कांग्रेसले नागरिकले अनुभूति हुने गरी काम गर्नुपर्ने सहभागीको भनाइ थियो ।

जनताको हरेक सुखदुःखमा साथ दिने पार्टी कांग्रेस भएकाले यसतर्फ ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो । पार्टीलाई बलियो बनाउन एक्ताबद्ध हुनसमेत उनीहरूले आग्रह गरेका थिए । राज्यले नागरिकलाई दुःख दिन नभएर सुविधा दिनतर्पm आप्mनो ध्यान केन्द्रित गर्नुपर्ने भए पनि त्यसतर्फ काम गर्न नसकेको उनीहरूले बताएका थिए । घोराही उपमहानगरपालिकाले वृद्धि गरेको करले नागरिकलाई समस्यामा पारेको भन्दै यसविरुद्ध पार्टीले नागरिकको आवाज बोल्नुपर्ने सहभागीको धारणा थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले पार्टीभित्र रहेका कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने बताए । कमजोरी सच्याउँदै अगाडि बढेमा पार्टीलाई बलियो बनाउन सकिने उनको भनाइ थियो । पार्टीको क्रियाशील सदस्यता वितरण गर्दा मतको आधारमा वितरण गर्नुपर्ने बताए । मतको आधारमा क्रियाशील सदस्यता वितरण गरे पार्टीलाई मत बढाउनमा सहयोग पुग्ने बताएका थिए ।

पार्टीले गरेको कामका बारेमा जनतालाई बुझाउन जरुरी रहेको भन्दै उनले भने, ‘गरेका कामको बारेमा जनतालाई बुझाउनसकेका छैनौँ’, उनले भने । नेपाली कांग्रेस अरू पार्टीभन्दा फरक रहेको उनले बताए । ‘हामी अरूभन्दा फरक छौँ, सधैँ जनालाई बलियो बनाउन चाहन्छौँ’, उनले भने । हरेक ठाउँबाट निराशाका कुरा आइरहेको भन्दै कांग्रेसले गरेका राम्रा कामबारे जनतालाई बुझाउन सके त्यस्ता निराशा हटेर जाने बताएका थिए । ‘निराशाको पछि लाग्नुभन्दा पार्टी बलियो बनाउने सकारात्मक बाटोमा सबै लाग्नुस्’, उनले भने ।

नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशवरी गौतमले नेपाली कांग्रेस सधैँ आफ्नो विचारमा अगाडि बढिरहेको बताए । आफ्नो विचारबाट कांग्रेस कहिलै विचलन नभएको उनले बताए । देशको हरेक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको र त्यसमा सफल भएको बताउँदै उनले पार्टीभित्र हुने समस्याको समाधान आफैँले गर्नुपर्ने बताए । यसैगरी नेपाली कांग्रेसका पूर्व जिल्ला सहसभापति मोहनलाल वलीले पार्टीलाई बलियो बनाउन सबैले सहकार्य र समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । जनताको भावना बुझेर काम गरे जनताको माझमा कांग्रेस अझ लोकप्रिय हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यहरू पुष्पा श्रेष्ठ, जानका केसी, महासमिति सदस्यहरू भुपबहादुर डाँगी, कमलकिशोर घिमिरे, बिमला योगी, जिल्ला उपसभापतिहरू गिरिराज सुवेदी, कमानसिंह भारती, प्रदेश सभा सदस्य लोका विक, महाधिवेशन प्रतिनिधि बमबहादुर डिसी, नेपाली कांग्रेस क्षेत्र नं २ ख का सभापति अभियान बस्नेत, कोषाध्यक्ष गोपाल भुसाल, क्षेत्र नं २ क का सचिव शिशिर अधिकारी, घोराही उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे, नेपाली कांग्रेस घोराही–१४ का इकाइ सभापति टेकबहादुर बुढाथोकी, प्रजातान्त्रिक उद्यमी संघ घोराहीका अध्यक्ष कालीबहादुर खत्री (मानु), रामबहादुर डाँगी, प्रदीप मजगैयाँ, दिलिप डिसीलगायतले भनाइ राखेका थिए । कार्यक्रम घोराही नगर सभापति तिलक रावतको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन नगरका प्रवक्ता सुरज बुढाथोकी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष भरत गिरीले प्रस्तुत गरेका थिए । नगरका उपसभापति दुलर्भ केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव पुष्पराज आचार्यले गरका थिए । अधिवेशनले हालसम्म भएका गतिविधिकको समीक्षा गर्दै पार्टीको आगामी योजना रणनीति तयार गरेर सोही अनुसार पार्टीलाई चलायमान बनाउने नगर समितिले जनाएको छ ।