युवराज शर्मा
गाउँलेहरुको समस्या नै बाटोको हो । कतै भीरपाखाको बाटो हिडेर गाउँ पुग्नुपर्छ भने कतै भीरपाखाको बाटोमा हिड्दा पहिरो आएर पुरिने डरत्रास हुन्छ । हुनतःमोटर चढेर यात्रा गर्ने यात्रुहरु पनि भीरबाट पहिरो आएर अकालमा मृत्युवरण गरेको सुनिन्छ । काठमाडौं नेपालको राजधानी हो । त्यहाँ आउजाउ गर्न भीरपहराको बाटो पार गर्दै सवारीका साधनहरु आउजाउ गर्छन् । धेरै यात्रुहरु सडक यातायात गर्छन् । नेपाल सानो मुलुक भए पनि गाउँमा बस्नेहरुको संख्या धेरै थियो । अब सहरबजारमा बस्नेहरु बढेको संख्या छ ।
राजधानी काठमाडौं छिर्ने सडकको अवस्था नाजुक छ भे गाउँका बाटाहरुमा बादरको उफ्राई जस्तो गरेर यात्रा गर्नु पर्ने अवस्था छ । कतिपय विद्यार्थी विद्यालयमा आउजाउ गर्दा भीरपाखाको बाटो आउजाउ गर्नुपर्दा उनीहरुले भन्छन्– यहाँ सरकारको ध्यान कहिले जाला ? गाउँका बुढापाखाहरु सुनाउँछन्– हाम्रो जुनीमा राम्रो र हिड्न सहज बाटो भएन । तिमीहरुको पालामा पनि छैन । राष्ट्रियता बुझका नेताबाट मात्र राष्ट्र निर्माण हुन्छ । काठमाडौं सहरलाई मनोरम सहर बनाउने मेयर बालेन्द्र शाह देखिए । अहिलेका विद्यार्थीले आफ्नो भविष्य खोज्न विदेशी भूमिमा जान्छन् । त्यहाँबाट घर आउदा गाउँको बाटो हेर्दै भन्छन्– हाम्रो गाउँको बाटो किन यस्तो ? अझै पनि भीरपाखाको बाटो हिड्नु परेको छ । गाउँलेहरुलाई माया मान्ने को छ र ?
घोराही उपमहानगरपालिका वडा नं. १ मा पर्ने सडकहरु कतै पिच छ भने कतै ग्रेभल छ । कतै कच्ची सडकहरु छन् । कतै भीरपाखाको बाटो पार गर्नु पर्ने बाध्यता छ । गणतन्त्रले समय बितायो । नागरिकले सहज र सरल बाटोको प्रतिक्षा गरे तर स्थानीय सरकारको पहुँच पुग्न स्थानीय बासीहरुको प्रयास सफल भएन । जनताको सरकार गणतन्त्र भए पनि गणतन्त्रमा सीमति भयो । पहाडको भीरपाखा बाटो पार गरेर आउजाउ गर्ने विद्यार्थी भन्छन्– हाम्रो गाउँको बाटो किन यस्तो ?
सामुदायिक माध्यामिक विद्यालय नयाँगाउँ, गंगा माध्यमिक विद्यालय, आधारभूत विद्यालय सिमलतारा वडा नं. १ का पायक पर्ने समथल भू–भागका स्कुलहरु हुन् । माध्यमिक विद्यालय हर्नोक वडा नं. १ को एकमात्र माध्ययिक स्कुल हो । जहाँ विद्यार्थी टाढा–टाढाका गाउँबस्तीबाट पढ्न आउँछन् तर उनीहरु आउजाउ गर्ने सडक भीरपाखाको बाटो हो उनलाई लाग्छ । हामीहरु मोटर चढेर स्कुल जाने दिन कहिले आउला ? सुचारिएको बाटो आउजाउ गर्न कहिले पाइएला ? गाउँका बुढाहरु भन्छन्– हाम्रो जुनीमा देख्न पाइएन । अब तिम्रो जुनीमा देख्ने आश गर तर भर नपर । आफै सत्तामा गयौ भने देख्न सक्छौ । नेपाललाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने अभिभारा तिमीलाई मात्र छ । हाम्रा नेताहरुको आशा नगर । विश्वास नगर । प्रतिक्षामा नबस ।
उहिले गाउँको बाटोका लागि गाउँलेहरुले हरेक वर्ष दशैमा गाउँलेहरुले आपसमा मिलेर गाउँको बाटोलाई मर्मत गर्ने चलन थियो । अहिले त्यस्तो वातारण गाउँघरमा हटेको छ । गाउँको विकास गर्न गाउँलेहरु एकजुट हुने हटिसक्यो । युवाहरु गाउँबाट पलायन भइसके । बचेखुचेका युवाहरुले पनि जापान र कोरिया (दक्षिण) जाने धुनमा छन् । दुर्गा प्रसाई, एउटा अभियन्ता भए पनि उनले दुई वर्ष अगाडि भनेका थिए– गाउँमा युवाहरु रहने छैनन् । वास्तवमा हिक भनेका रहेछन् । पढ्ने युवाहरु मुलुकका नोकर बनेका छन् ?
गणतन्त्रले युवाहरुलाई नोकर बनायो भन्छन्– बुढापाकाहरु । देशमा गणतन्त्र आयो भने युवाहरुलाई रोजगारी र वृद्धहरुलाई सुविधाका आधारहरु बनाउने छौ भन्थे, गाउँघरमा भाषण गर्दा तर आफूहरु मात्र हुनेखाने भएका छन् । के यही हो गणतन्त्रको उद्देश्य ? गाउँको बाटो किन यस्तो ? भन्न सकेका छन्– स्कुल पढ्न जाने विद्यार्थी तर गाउँहरुले जनप्रतिनिधिलाई भन्न सक्दैनन् । किनकि गाउँघरमा सामन्ती संस्कार जिवितै छ । गाउँलेहरुलाई शोषण र दमन गर्दै आएकाहरुले गाउँको बाटो बनाउन चाहन्नन् । त्यसैले होला, स्कुलमा पढ्न जाने विद्यार्थीले भन्छन्– हाम्रो गाउँको बाटो किन यस्तो ?
गाउँमा सामन्ती संस्कार हट्न सकेको छैन । चाहे त्यो व्यक्ति बसाइसराई गरेर गाउँमा आए पनि एक गाउँबाट अर्को जिल्लाको गाउँमा बसाई सरेको भए पनि उसमा सामन्ती संस्कार हटेको हुँदैन । अझ धेरै विकसित भएको हुन्छ । त्यस्ता व्यक्तिहरु खुसी स्वभावका हुन्छन् । आर्थिक लाभमा रहन्छन् । यस्तो प्रायः गाउँघरबाट हाल नसकेपछि गणतन्त्रको अनुभूति गाउँलेहरुलाई हुनसकेको छैन । अहिले जनप्रतिनिधिहरु सामन्ती र खुसी प्रवृतिका हुन् भन्न सकिन्छ । नेपालमा निर्माण कार्यहरु जति भएका छन्, यस्ता प्रकृति र प्रवृतिका जनप्रतिनिधिहरु जे जति बने, उनीहरुको मानसिक शान्ति ने आर्थिक घोटालामा र कमिशनमा सीमित हुन्छ । उनीहरुलाई एउटै ज्ञान छ– त्यो हो, सत्ताको आडमा मोजमस्ती गर्ने । विकास भनेको समयानुसार गरिने कार्यहरु हुन् । समयले नै विकास देखाउँछ । त्यसैले होला, हाम्रो गाउँघरका बाटाहरु सुधारिएका छैनन् । वन जंगmको बाटो बनाउन वन कार्यालयले दिएन भने भयो । नेताको बोली जनताका लागि अमर हुन्छ । वास्तविक अवस्था नै सुधारिएको बाटो हो । पढ्न जाने कलिला बालबालिका भन्छन्– हाम्रो गाउँको बाटो कहिले सुधारिएला ?
२००७ सालको परिवर्तनभन्दा ठुलो परिवर्तन २०६५ जेठ १५ गतेदेखि भयो भन्छन्– राजनीतिक दलका नेताहरुले । त्यस दिनदेखि जहाँनीया राजतन्त्रको अन्त्य भयो । जनताका छोराहरुको शासन आयो । ती छोराहरु मात्र भएनन्, छोरीहरुको पनि बराबर हिस्सा लाग्यो तर निर्वाचनमा होइन, समावेशीमा मात्र भयो भन्छन्– महिला नेताहरुले । वास्तवमा त्यस्तै देखियो पनि । पितृ प्रधान देशमा पितृशक्तिको हैकम चल्छ चनाई सङ्घीय सभामा देखियो ।
आपसमा राजनीतिक दलगत अन्तरकलह गणतन्त्रले देखायो । दल फ्ट्ने र जुट्ने संघर्ष भएका समयमा गाउँको विकास गर्ने नेताको पहिचान गाउँलेहरुले गर्न सकेका पनि छैनन् । जबसम्म गाउँको विकास गर्न सडक, खानेपानी, विद्युत सिँचाइ कुलो आवश्यक पर्छ र गाउँको कृषि व्यवसाय अगाडि बढ्छ । गाउँलेहरु बेरोजगार बन्दैनन् । तबमात्र गाउँलेहरुको जीवनस्तर माथि उठ्ने छ । यस विषयमा राजनीतिक दलका नेताहरुको ध्यान जानुपर्छ । तब गाउँलेहरुले भन्नेछन्– गाउँको बाटो नेताले बनाउने छन् ।